logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले देखेको थिइन : प्रधानमन्त्री ओली

    राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले देखेको थिइन : प्रधानमन्त्री ओली

    2.7K
    Shares
    राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले देखेको थिइन : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भइरहेको बताएका छन् । नेपाललाई गणतान्त्रिक देश रहन नदिने, शान्ति सुव्यवस्था, ल एण्ड अडर कायम रहन नदिने र विकास र समृद्धिको बाटोमा अघि बढन नदिने प्रयासहरु भईरहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

    नेकपा (एमाले)ले शनिबार काठमाडौंमा आयोजना गरेको स्थानीय तहमा जनसंगठन सुदढीकरण कार्यशाला गोष्ठीमा बोल्दै उनले राजतन्त्रको पक्षमा यसरी मान्छे उफ्रिएको यसअघि आफूले नदेखेको अनुभुति पनि सुनाए । राजतन्त्र हुँदा केही पदधारी पञ्चहरु कराउने गरेको भएपनि अहिले आशाधारीहरुले राजतन्त्रको पक्षमा बोलिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उनीहरुले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने काममा अवरोध खडा गर्ने प्रयास गरिरहेको बताए ।

    उनले कुनैपनि सत्य र तथ्यको बाटोमा नहिँडेकाहरुले मुलुकमा भ्रम छर्ने प्रयास गरिरहेकाले त्यसलाई चिरेर अघि बढ्नुपर्ने कुरामा सरकार सचेत रहेको पनि बताए ।

    प्रधानमन्त्री ओलीले भने, ‘सामन्ती, निरंकुश, अधिनायकवादी राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले देखेको थिइन पहिले पहिले । राजतन्त्रनै हुँदाखेरी पनि केही केही पञ्चहरु जम्मा हुन्थे । र कराउँथे । तर त्यो एउटा औपचारिक कराई हृुन्थ्यो । अहिले त्यो भन्दा बढि पदधारी होइन, आशाधारीहरु । अहिले पदधारी कराईरहेका छैनन । पहिला पञ्चायतका बेला राजतन्त्र हुँदा पदधारीहरु कराउँथे । अहिले पदधारी होइन । वर्तमानमा केही पाएकाहरु होइन कि आशाधारीहरु छन् ।

    तिनीहरु कराईराखेका छन । त्यसो भएर नेपाललाई एउटा गणतान्त्रिक देश रहन नदिने, नेपालमा शान्ति सुव्यवस्था, ल एण्ड अडर कायम रहन नदिने, नेपाललाई सुशासनको एउटा व्यवस्थित मार्ग समातेको देशको रुपमा अगाडि बढ्न नदिने प्रयासहरु भईरहेका छन । र, नेपाललाई विकास र समृद्धिको अगाडि बढनै नदिने प्रयासहरु भईरहेका छन् ।

    यसरी नेपाली जनताको जुन समृद्ध नेपालः सुखी नेपालीको जुन राष्ट्रिय आकांक्षा हो । त्यसलाई सफल हुनै नदिने भनेर कतिपय कोही जानेर होलान, कोही नजानेर होलान । कोही योजनावद्ध ढंगले होला, कोही लहैलहमा होला । तर एउटा माहौल खडा गर्ने कोशिस भईराखेका छन् । उनीहरुसँग कुरा सत्य र तथ्यको बाटो हुँदैन ।’

    प्रधानमन्त्री ओलीले देशलाई अघि बढ्न नदिनहरुबाट सजग भएर अघि बढ्नुपर्ने अवस्था रहेको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend