काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रवन्ध सञ्चालक चन्द्र टन्डन केन्याका अनरी कन्सुलेट (महाबाणिज्य दुत) नियुक्त भएका छन् ।
परराष्ट्र मन्त्रालयले टन्डनलाई केन्याको कन्सुलेट नियुक्त गरेको हो । टन्डनलाई सम्बन्धित निकायका प्रमुखले सो सम्बन्धी प्रमाणपत्र प्रदान गरेका थिए ।
टन्डनको कार्यकालमा केन्या र नेपालको सम्वन्ध अझ प्रगाढ हुने र नेपालको आर्थिक र पर्यटन विकासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरीएको छ ।
सिटी एक्सप्रेस प्रवन्ध सञ्चालक टन्डन केन्याको कन्सुलेट नियुक्त भएकोमा सिटी एक्सप्रेस जापानका अध्यक्ष महेश श्रेष्ठले पनि वधाई दिएका छन् ।