logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालन

    मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालन

    728
    Shares
    मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालन

    चितवन । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ ।

    स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो । २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

    अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रुपान्तरण गर्ने काम सम्पन्न भएको उनले बताए ।

    गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो ।

    यस केबलकारको ‘बटम स्टेसन’ प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा छ ।

    यो आर्थिक वर्षमा १२ लाखले केबुलकार चढ्ने अनुमान कम्पनीले गरेको छ । यो वर्ष केबुलकार चढ्नेको संख्या बढेर १२ लाख नजिक पुग्ने देखिएको मनकामना दर्शनका अध्यक्ष राजेशबाबु श्रेष्ठले  जानकारी दिए । यो वर्ष भारतीयहरु बढी आएका छन् ।

    ३ लाख भन्दा बढी भारतीय पर्यटकले केबुलकार चढिसकेका छन् । सेवा सञ्चालनको २५ वर्षमा मनकामना दर्शनले १ करोड ८० लाखभन्दा बढी यात्रुले मनकामना केबुलकारको सेवा लिएका छन् ।

    २५ वर्षको अवधिमा मनकामना दर्शनले सरकारलाई डेढ अर्ब रुपैयाँ राजस्व बुझाइसकेको छ । चितवन कोइ ग्रुपले सञ्चालन गरिरहेको केबुलकारले झण्डै ५० करोड रुपैयाँ लगानीमा रिसोर्ट बनाइरहेको छ ।

    एक वर्षभित्र रिसोर्ट सञ्चालनमा आउने अध्यक्ष श्रेष्ठले बताए । आउँदो ९ महिनाभित्र रिसोर्टको सफ्ट लञ्च गर्ने योजना रहेको उनले सुनाए ।

    यो पनि : 

    डिजिटल प्रविधिमा जान ५० करोड लगानी थप्दै मनकामना केबुलकार

    मनकामना केबुलकार डिजिटल प्रविधिमा जाँदै, ५० दिन सेवा बन्द हुने


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend