logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने सङ्कल्प छ : वामदेव गौतम

    कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने सङ्कल्प छ : वामदेव गौतम

    1.5K
    Shares
    कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने सङ्कल्प छ : वामदेव गौतम

    काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन् । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताएका हुन् ।

    उनले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताए । उनले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गरे । उनले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गरे । उनले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताए ।

    उनले भने – ‘मलाई दुःख के छ भने मैले सङकल्प गरेको एउटा उद्देश्य पूरा भएको छ(राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना), एउटा उद्देश्य पूरा भएको छैन(कम्युनिस्ट पार्टीहरुको एकीकरण) । मेरो जीवनमा फेरी त्यो स्थिति ल्याउन सकेँ भने म मर्दामर्दै अधमरा भएको बेलामा पनि कसैले सुनाए भने म हाँस्नेछु । खुशी हुनेछु । र मैले तदनुरुप आफ्नो भुमिका निर्वाह गर्नेछु । मैले नेपालका कुनैपनि कम्युनिस्ट पार्टीका नेतालाई शत्रु भनेको छैन । शत्रुवत व्यवहार गरेको छैन ।

    कम्युनिस्ट पार्टी मात्रै होइन, हाम्रो दस्तावेजमा नेपालमा संविधान र ऐन बमोजिम निर्मित जतिपनि राजनीतिक पार्टीहरु छन् ति सबै हाम्रा मित्र हुन् भनेर हामीले भनेका छौँ । सबै पार्टीसँग मेरो मित्रतापूर्ण सम्बन्ध छ । शत्रुतापूर्ण सम्बन्ध कहिल्यै गर्ने छैन । मैले मित्रघात पनि कहिल्यै गर्ने छैन । मेरा मित्रहरुसँगको सम्बन्ध बराबरीको हुनेछ । आत्मसर्मपणको हुनेछैन । मैले त्यही सङ्कल्प लिएर अगाडी बढिरहेको छु । मेरो सङ्कल्प अहिले पनि के हो भने म ज्युँदो हुँदै एकपटक पहिलेजस्तै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्छु ।

    अहिलेको परिस्थितिमा म नलागिकन अरुले भुमिका खेल्न सक्नुहुन्न । परिस्थिति त्यस्तो भएको छ । किनकी उहाँहरु शत्रुगत व्यवहारमा हुनुहुन्छ, म कसैसँग पनि शत्रुवत होइन, मित्रता नै राखिराखेको छु । म निउँ खोजि–खोजि मित्र बन्छु । शत्रुवत व्यवहार गर्ने छैन । त्यसो भएर मैले नै त्यो काम गर्नसक्छु ।’

    उनले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी(नेकपा) बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पुर्याउन नसक्दा एकता नटिकेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend