logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ७७६ मेगावाटका आधादर्जन आयोजना अघि बढाउँदै सरकार, अध्ययनका लागि परामर्शदाता नियुक्त गरिँदै

    ७७६ मेगावाटका आधादर्जन आयोजना अघि बढाउँदै सरकार, अध्ययनका लागि परामर्शदाता नियुक्त गरिँदै

    364
    Shares
    ७७६ मेगावाटका आधादर्जन आयोजना अघि बढाउँदै सरकार, अध्ययनका लागि परामर्शदाता नियुक्त गरिँदै

    काठमाडौं । सरकारले ७ सय ७६ मेगावाट क्षमताका आधा दर्जन जलविद्युत आयोजना अघि बढाउन लागेको छ । विद्युत विकास विभागले कर्णाली र सूदुरपश्चिम प्रदेशमा रहेका आधा दर्जन आयोजना अघि बढाउन लागेको हो । यसका लागि विभागले आयोजनाहरुको संभाव्यता अध्ययनका साथै वातावरणीय प्रभाव मूल्याँकन (इआइए) को काम अघि बढाउन लागेको छ ।

    पहिलो चरणमा परामर्शदाता कम्पनीहरुबाट आशयपत्र (इओआई) माग्न लागेको विभागले जनाएको छ । आशयपत्रमा छनौट भएपछि विभागले राष्ट्रिय बोलपत्र आब्हान गर्नेछ । त्यसमा छनौट हुने कम्पनीले मात्र भाग लिन पाउने छन् ।

    त्यसपछि छनौट हुने कम्पनीले विभागले प्रस्ताव गरेका आधा दर्जन आयोजनाको संभाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याँकन (इआइए) को जिम्मा पाउने भएको छ ।

    विभागले संभाव्यता अध्ययन र इआइए गर्न लागेका आयोजनाहरुमा बैतडीमा रहेको ४३.५ मेगावाटको घाटगंगा अर्धजलासय आयोजना, हुम्लामा रहेको ७३.८ मेगावाटको अपर लोती कर्णाली हाइड्रोपावर, आछम र दैलेखमा पर्ने १ सय १३ मेगावाटको अपर कर्णाली–बि अर्धजलासय आयोजना रहेको छ ।

    यस्तै बैतडीमा रहेको १ सय १४.५ मेगावाटको सुर्नायागाड जलासय आयोजना, जाजरकोटमा रहेको १ सय ७६ मेगावाटको चेरा–१ जलासय र जाजरकोटमै रहेको २ सय ५६ मेगावाटको भेरी–२ अर्धजलासय आयोजनाको संभाव्यता अध्ययन र इआइए गर्न लागेको विभागले जनाएको छ । ६ आयोजना मध्ये २ जलासय र बाँकी ४ अर्धजलासय (पिआरओआर) आयोजना रहेका छन् ।

    संभाव्यता अध्ययन र इआइएको काम सकिएपछि विभागले आयोजना बनाउन प्रतिस्पर्धाबाट दिने वा नेपाल विद्युत प्राधिकरणलाई सहायक कम्पनी बनाएर आयोजना बनाउन दिन सक्ने छ । संभाव्यता अध्ययनपछि आयोजनाको जडित क्षमता बढ्ने देखिएको छ ।

    इओआईमा भाग लिने परामर्शदाता कम्पनीको ३० प्रतिशत योग्यता, अनुभव ६० प्रतिशत र क्षमता १० प्रतिशत भार निर्धारण गरिएको विभागले जनाएको छ । इओआइबाट बोलपत्रमा भाग लिनका लागि न्यूनतम् ६० अंक ल्याउनु पर्ने विभागले जनाएको छ । इओआइमा छनौट हुने कम्पनीहरुबीच पुनः बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउने छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend