logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो : अध्यक्ष ढकाल

    अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो : अध्यक्ष ढकाल

    364
    Shares
    अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो : अध्यक्ष ढकाल

    काठमाडौँ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय भएको बताएका छन् ।

    शुक्रबार ललितपुर उद्योग वाािण्ज्य संघको ४५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले इमान्दार हिसावले काम गर्ने हो भने नेपालमा धेरै सम्भावना रहेको उल्लेख गरे । उनले निजी क्षेत्र एक ठाउँमा आएर लगानी गर्नसके छोटो समयमा नै धेरै काम गर्न सकिने बताए ।

    उने पर्यटन, जलविद्युतको क्षेत्रमा ठूलो सम्भावना रहेको बताए । उनले अहिले रेमिट्यान्सको फ्लो बढेको, फरेन करेन्सीको रिजर्भ बढेको, बैंकमा लिक्वीडिटी प्रशस्त रहेको उल्लेख गरे । उनले व्यवसायीहरुको नेतृत्व गर्नेहरुले सकारात्मक माहोल तयार गर्नसके लगानीको वातावरण बन्ने दाबी गरे ।

    अध्यक्ष ढकालले निजी क्षेत्रले व्यवसायिक क्रियाकलाप बढाउनसके, स्वतःफुर्तः काम गर्नसके मात्रै रोजगारी सिर्जना, राजश्व वृद्धि हुने दाबी गरे । तीन तहकै सरकारले निजी क्षेत्रलाई इन्करेज गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend