logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने

    विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने

    882
    Shares
    विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने

    काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल र नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकलाई आगामी दशैँ अगाडी नै छलफल गरिसक्ने भएको छ ।

    शुक्रबार बसेको समितिको बैठकपछि समिति सभापति तुलसाकुमारी दाहालले समितिमा भएका चारवटा विधेयकहरुमध्ये मिडिया काउन्सिल विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दशैँ अगाडी नै छलफल गरेर सक्ने बताएकी हुन् ।

    उनले आजको(शुक्रबार)को बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल भएको र यसको छलफललाई निरन्तरता दिने बताइन् । समितिले कार्य परामर्श उपसमितिलाई पुनःगठन गर्ने निर्णय गरेको छ ।

    उनले भनिन् – ‘म सभापति भएर आएर पहिलो पटक बैठक सञ्चालन गरेको हुँदा पहिला गरेका कामहरुलाई रिभ्यु गर्ने भन्ने हिसावले बैठकका कार्यविधिहरु के छन्, बजेटको अवस्था के छ, समितिमा कतिवटा विधेयकहरु प्राप्त भएका छन्, यो विषयमा जानकारी लिने, जानकारी गराउने र कार्यविधिको बारेमा माननीय सदस्यहरुले जानकारी गराएर उहाँहरुको सुझाव र सल्लाहसहित अर्को बैठकमा पारित गर्ने निर्णय गर्यौँ ।

    कार्य परामर्श उपसमिति बनेको थियो सभापतिसहित ६ सदस्यीय । त्यसलाई पुनःगठन गर्ने निर्णय गर्यौँ । चारवटा विधेयक समितिमा छ । त्यसमध्ये मिडिया काउन्सिल विधेयक र नविकरणीय ऊर्जा सम्बन्धी विधेयक दसैँभन्दा अगाडी नै छलफल गरेर सक्ने भनेर नविकरणीय ऊर्जा सम्बन्धी विधेयकको बारेमा त्यसको समिति कोगठनको प्रक्रिया के हुन्छ ? कति सदस्यीय समिति हुन्छ ? त्यसको नेतृत्व कसले गर्छ ? केन्द्र ठूलो कि समिति ठूलो भन्ने विषयमा निर्णय ग¥यौँ । नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको पहिले छलफल हुँदै आएको कुरा थियो । त्यसमा आज हामीले परिच्छेद ४ को दफा ११ को विषयमा समितिको गठन सम्बन्धी विषयमा छलफल गर्यौँ ।’

    समितिले समितिको नयाँ सभापति निर्वाचित भएर आएको सन्दर्भमा समितिको अवस्थाको बारेमा छलफल गरी समितिको कार्यविधि आगामी बैठकमा पारित गर्ने निर्णय पनि गरेको सभापति दाहालले जानकारी दिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend