logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • देश समावेशी समानुपातिक दिशामा अघि बढिरहेको छ, यसको नेतृत्व कांग्रेसले गर्नुपर्छ : देउवा

    देश समावेशी समानुपातिक दिशामा अघि बढिरहेको छ, यसको नेतृत्व कांग्रेसले गर्नुपर्छ : देउवा

    1.1K
    Shares
    देश समावेशी समानुपातिक दिशामा अघि बढिरहेको छ, यसको नेतृत्व कांग्रेसले गर्नुपर्छ : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश समावेशी, समानुपातिकको आधारमा समाजलाई लैजाने दिशामा अघि बढिरहेको बताएका छन् । आईतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित मिश्रित निर्वाचन प्रणाली विषयक विश्लेषणात्मक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले देश समावेशी समानुपातिक दिशामा अघि बढिरहेको र नेपाली कांग्रेसले यसको नेतृत्व गर्नुपर्ने बताए । उनले समानुपातिक र प्रत्यक्ष निर्वाचनको सम्बन्धमा केही समस्या रहेको भएपनि समावेशी अति आवश्यक रहेको बताए । उनले देशमा समावेशी प्रणाली मात्रै नभइ समावेशी समाज रहेको बताए ।

    समावेशितालाई अझ बढी पारदर्शी र उत्तरदायी बनाउनुपर्ने बताए । उनले अक्र बढी उत्तरदायी व्यवस्था बनाउनुपर्ने र त्यसका लागि उत्तरदायी पार्टीको आवश्यकता रहेको उल्लेख गरे। उनले जनता महत्वपूर्ण भएकाले काँग्रेसलाई अझ बढी जनताको पार्टी, उत्तरदायी पार्टी बनाउने काममा अहिलेदेखि नै लागे आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरे ।

    उनले भने, ‘समानुपातिक र प्रत्यक्ष चुनावको सम्बन्धमा केही समस्या छन् । कसैले प्रत्यक्ष चुनाव लड्नुपर्ने, कसैले नाम राखेबापत एकै पटक समानुपातिकमा आउनुपर्ने । अर्को कुरा समावेशी अति आवश्यक पनि छ । यो देशमा समावेशी प्रणाली मात्रै होइन, समावेशी सोसाइटी छ । समावेशितालाई अझ बढी पारदर्शी मात्रै होइन, उत्तरदायी बनाउनु पर्छ । हामीले भोलिका दिनमा अझ बढी उत्तरदायी व्यवस्था बनाउनु छ ।

    उत्तरदायी व्यवस्थाका निम्ति उत्तरदायी पार्टी बनाउनु छ । यो काममा हाम्रा पार्टीका नेताहरु सबै जना हुनुहुन्छ । अब बहसको शुरुवात भएको छ । यो बहसले सबै क्षेत्र, सासाइटीको सबै तप्कामा यस्तो बहसले सार्थकता पाउनेछ । हाम्रो देश एउटा समावेशी, समानुपातिकको आधारमा समाजलाई लैजाने दिशामा अघि बढिरहेको छ । हाम्रो पार्टीले यसको नेतृत्व गर्नुपर्छ ।

    अझ बढी जवाफदेही बनाउँदै हाम्रो पार्टीलाई भोलिका दिनमा कांग्रेस पार्टीले मात्रै सबैकुरा गर्नसक्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ । त्यसलै जनता महत्वपूर्ण कुरा हो । जनता यो देशको मालिक हो । त्यसैले सार्वभौम सम्पन्न जनता भनिएको हो । जनताको समर्थन अत्यन्त आवश्यक हुन्छ ।

    कांग्रेसलाई अझ बढी जनताको पार्टी, उत्तरदायी पार्टी बनाउने काममा अहिलेदेखि नै लागे भोलिका दिनमा एक्लैले पनि बहुमत ल्याउँछ । मलाई विश्वास छ हाम्रो पार्टीले गर्नेछ । अहिलेको अवस्थामा एउटै पार्टीको बहुमत आउन धेरै गाह्रो छ । यो वास्तविकता हो । तर यसका बाबजुत पनि हाम्रो पार्टीलाई बहुमत ल्याउन हामी सबैले काम गरे सफल हुनेछौँ ।’

    सभापति देउवाले समावेशितालाई अझ बढी पारदर्शी, जनताको विश्वास प्राप्त गर्ने प्रणाली बनाउन जरुरी रहेको बताए । उनले नेपाललाई सबै नागरिकले निर्धक्कसँग आफ्नो अधिकार प्राप्त भएको मुलुक बनाउन जरुरी रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend