logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    574
    Shares
    गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । सहकारीको करोडौं रुपैयाँ अपचलन अभियोगमा प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक तथा नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले पाएको छ। स्वास्थ्य जाँचपश्चात कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई जिल्ला अदालत कास्कीले अनुसन्धान गर्न पाँच दिन म्याद थपेको हो ।

    जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । प्रहरीले १० दिनको समय माग गरे पनि अदालतले भने पाँच दिन मात्रै समय थपेको छ ।

    विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोड रुपैयाँ बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै प्रहरीले आइतबार राजधानीको संखमुलबाट पक्राउ गरेको थियो । काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो । संसदीय समितिले विभिन्न सहकारीको रकम ऋणको रूपमा निकाल्ने काममा जोशीको भूमिका रहेको समितिको निष्कर्ष छ । सोही निर्णय कार्यान्वयनको क्रममा जोशी पक्राउ परेका हुन् ।

    समितिले जिबी राईसहित कुमार रम्तेल, रवि लामिछाने र जोशीलाई प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

    यो पनि :

    पूर्वडिआइजी जोशीलाई म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइयो

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend