logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • सिटिजन्स बैंकका सेयरधनीको यो वर्ष पनि हात खाली नहुने, ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव

    सिटिजन्स बैंकका सेयरधनीको यो वर्ष पनि हात खाली नहुने, ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव

    469
    Shares
    सिटिजन्स बैंकका सेयरधनीको यो वर्ष पनि हात खाली नहुने, ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव

    काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सोमबार अपरान्ह बसेको ४ सय ६३औं सञ्चालक समितिको बैंठकले उक्त लाभांश प्रस्ताव गरेको हो।

    सञ्चालक समितिले गत आर्थिक वर्ष २०८० ८१ को वितरणयोग्य नाफाबाट चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको छ। बैंकले ५६ करोड ३८ लाख रुपैयाँ बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।

    नेपाल राष्ट्र बैंकको स्वीकृति र त्यसपछि बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ। हाल बैंकको अहिले चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ छ। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढ्ने छ ।

    सिटिजन्सले २०६४ वैशाख ७ गतेबाट बैंकिङ कारोबार थालेको हो । १८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको सिटिजन्सले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि सेयरधनीहरुलाई निरन्तर लाभांश वितरण गर्दै आइरहेको छ । आर्थिक वर्ष २०६५/६६ देखि गत आर्थिक वर्ष २०८०/८१ सम्मको औसत लाभांश दर ११.५६ प्रतिशत रहेको छ । प्रस्तावितसहित पछिल्लो १० वर्षको औसत लाभांश दर १२.१० प्रतिशत रहेको बैंकले जनाएको छ ।

    सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ एटिएम, ३ वटा विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

     

    No description available.

    यो पनि :

    सिटिजन्स बैंकको खुदनाफा १ अर्ब ३४ करोड, लाभांश दिने क्षमता ४.३४ प्रतिशत


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend