logo

२०८१ असोज ८ मंगलबार

logo
  • मंगलबार, ८ असोज २०८१
  • ‘बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ नगर्न सिंहलाई मिश्रको चेतावनी

    ‘बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ नगर्न सिंहलाई मिश्रको चेतावनी

    3.3K
    Shares
    ‘बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ नगर्न सिंहलाई मिश्रको चेतावनी

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई अनाथ बालबालिकाको ‘बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ नगर्न चेतावनी दिएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले सिंहमाथि बालमन्दिरको विषयमा प्रश्न उठाएका हुन् ।

    उनले दिदी बचाउनलाई ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ सिंहलाई चुनाव हराइदिने दाबी समेत गरेका छन् । उनले विगतमा एक्लै लडेको भए सिंहलाई चुनाव हराएर देखाउन सक्ने बताएका छन् ।

    उनले भनेका छन्, ‘एक्लै–एक्लै लडेको भए मैले तपाईँ (प्रकाशमान सिंह) लाई दुबै पटक आरामले हराइदिन्थेँ। तर के गर्ने सबै हतकन्डा अपनाएर, अर्काको बुइ चढेर जित्नुभयो। त्यो पनि बल्लबल्ल थोरैथोरै मार्जिनले।’

    मिश्रले लेखेका छन् :

    एक्लै-एक्लै फाइट गर्ने?
    एक्लै-एक्लै लडेको भए मैले तपाईँ (प्रकाशमान सिंह) लाई दुबै पटक आरामले हराइदिन्थेँ। तर के गर्ने सबै हतकन्डा अपनाएर, अर्काको बुइ चढेर जित्नुभयो। त्यो पनि बल्लबल्ल थोरैथोरै मार्जिनले।
    तर चुनाव जितेर, उपप्रधानमन्त्री भएर के गर्नुहुन्छ? तपाईँको भन्दा मेरो नाक १०० गुणा बढी ठाडो छ। याद गर्नुभा’छ?

    चुनाव जित्दैमा, मन्त्री/प्रधानमन्त्री हुँदैमा इज्जत बढ्ने होइन। इज्जत बढ्न त त्यो अनुरूपको काम हुनुपर्छ, जुन तपाईँमा शून्य छ। मेरा लागि दूरदराजका असल शिक्षकको इज्जत तपाईँजस्ता मन्त्री/प्रधानमन्त्रीको भन्दा दशौँ गुणा बढी छ।

    अब तेस्रो पटक, अनाथ बालबालिकाको ‘बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न “मुद्दा नै ढिसमिस गर्न खोज्ने” तपाईँलाई नहराई त कहाँ छोडुँला र! जुन दिन म तपाईँलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ। यसलाई शाब्दिक होइन, प्रतिकात्मक रूपमा बुझ्नुहोला।

    नया पत्रिकाको समाचारको अंश:

    कार्यवाहक प्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्य मुख्य आरोपी रहेको नेपाल बाल संगठनको जग्गा लिजमा लगाउँदा भएको हिनामिनासम्बन्धी मुद्दा प्रहरीले ढिसमिस पार्ने तयारी गरेको छ। कांग्रेसकै नेता रमेश लेखक गृहमन्त्री रहेका वेला सिआइबीले यो बहुचर्चित मुद्दामा उनलाई जोगाउने प्रक्रिया अघि बढाएको हो । वैद्य बाल संगठनकी पूर्वअध्यक्ष हुन्।

    ३३ वर्षसम्म एकछत्र अध्यक्ष भएर संगठन चलाउने क्रममा वैद्यले संगठनको नक्सालस्थित २८ रोपनी पाँच आना जग्गा अनियमित तबरले लिजमा लगाएकी थिइन्।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend