logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • दिपाश्री निरौला भन्छिन म बाट ठुलो गल्ति भयो ! (भिडियो)

    दिपाश्री निरौला भन्छिन म बाट ठुलो गल्ति भयो ! (भिडियो)

    3.2K
    Shares

    काठमाडौं। कलाकार दीपाश्री निरौलाले आफूलाई माफी दिन आग्रह गरेकी छिन्। महानायकका विषयमा उनले उठाएको प्रश्नबारे प्रष्ट पार्दै आफ्नो तर्फबाट गल्ती भएको स्वीकार गर्दै माफी दिन आग्रह गरेकी हुन्। आफ्नो जन्मदिनको अवसरमा उनले सामाजिक सञ्जालमार्फत भिडिओ जारी गर्दै उक्त आग्रह गरेकी हुन्।

    दीपाले केही समयअघि एक टेलिभिजन कार्यक्रममा राजेश हमाललाई केका आधारमा महानायक भनियो भन्दै प्रश्न गरेकी थिइन्।उक्त टिप्पणीप्रति दीपाले माफी माग्दै एक कलाकारले अर्को सिनियर कलाकारबारे टिप्पणी गर्ने अधिकार आफूलाई नभएको बताइन्।

    तीन दशक लामो कलाकारितामा लागेकी दीपाले आधा समय समस्याबाटै गुज्रिएको भन्दै उनले पछिल्लो समय केही चलचित्रका कारण सफलतामा अगाडि बढिरहेको बताइन्। “२९/३० वर्षको अवधिमा आधा समय त समस्यासँग जुध्नु पर्‍यो। पछिल्लो समय तितो सत्यको ६०० भाग, छक्का पञ्जाको सिरिज लगायतका चलचित्रले सफलता मिलरहेको थियो”, उनले भिडिओमा भनेकी छिन्।

    उक्त अन्तवार्ताको क्रममा आफ्नो तर्फबाट तीनवटा गल्ती भएको उनले स्वीकार गरिन्। तयारीबिना अन्तर्वार्ताका लागि जानु, अन्तर्वार्ताका क्रममा लगातार आक्रोशमा ल्याउने खालका प्रश्न खोजिएपछि आफूमा आएको आक्रोश र एक कलाकारले अर्को सिनियर कलाकारबारे टिप्पणी गर्नु अर्को गल्ती भएको बताइन्।

    यस्ता गल्तीबारे आफूलाई माफी दिन सबैमा आग्रह गरेकी हुन्। फ्यान कुनै एक कलाकारको मात्र नहुने भन्दै उनले भनिन्, “सबै कलाकारलाई सधैँ माया गरिदिनुहोला। हामी थप राम्रा राम्रा चलचित्र निर्माण गर्छौँ।” २०३२ भदौ ७ गते विराटनगरमा जन्मिएकी हुन्।

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend