logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • सुनमा दैनिक रेकर्ड ‘ब्रेक’, एक लोता किन्न अब १ लाख ६० हजार ४ सय चाहिने

    सुनमा दैनिक रेकर्ड ‘ब्रेक’, एक लोता किन्न अब १ लाख ६० हजार ४ सय चाहिने

    861
    Shares
    सुनमा दैनिक रेकर्ड ‘ब्रेक’, एक लोता किन्न अब १ लाख ६० हजार ४ सय चाहिने

    काठमाडौँ । नेपाली बजारमा आज बुधकार सुनको मूल्यले रेकर्ड ‘ब्रेक’ गरेको छ ।

    सुनको मूल्यले दैनिक जसो नयाँ रेकर्ड बनाइरहेको छ । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मूल्य बढ्दै सुन आज एक लाख ६० हजार ४ सयमा कारोबार भैरहेको छ ।

    यो मूल्य हालसम्मकै उच्च मूल्य हो । मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार ७ सयमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधकार सुन प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।

    यो मूल्यसँगै छापावाल सुनको मूल्य तोला एक लाख ६० हजार पार भएको छ ।

    अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौति गरेको छ । जसका कारण त्यसको असर सुनमा पर्दा मूल्य दैनिक जसो नयाँ रेकर्ड कायम भैरहेको छ ।

    अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएपछि यसको प्रभाव सुनमा पर्दा मूल्य बढेको महासंघले बताएको छ ।

    फेडरल रिजर्भले ब्याजदर ०.५० प्रतिशत विन्दु घटाएको हो । फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ ।

    फेडरल रिजर्भले ब्याजदर घटाएपछि लगानीकर्ताहरुले सुनमा लगानी बढाउँदा सुनको मूल्य बढेको छ ।

    यसअघि फेडर रिजर्भले सन्दर्भ ब्याजदर ५.२५ देखि ५.५० प्रतिशतसम्म कायम गरेको थियो ।

    सुनको मूल्य बढ्दा बजार सुनसान भएको व्यवसायीहरुले बताएका छन् । मूल्य बढ्दा व्यापार घटेको उनीहरुले बताएका छन्

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९५५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend