logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • प्रारम्भ भण्डारीको नयाँ गीत सार्वजनिक:रातदिन खटिइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई धन्यवाद

    प्रारम्भ भण्डारीको नयाँ गीत सार्वजनिक:रातदिन खटिइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई धन्यवाद

    3.3K
    Shares

    १२ भदौ, काठमाडौं । लोकप्रिय गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

    प्रारम्भको आवाजमा सार्वजनिक भएको यो पहिलो गीत हो । ‘धन्यवाद’ बोलको गीतमा सुगम पोखरेलको शब्द तथा सङ्गीत रहेको छ । बिहिबार प्रारम्भ भण्डारीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा सुगम पोखरेल र प्रारम्भ भण्डारी पनि फिचर्ड छन् ।

    गीतले संसारभर संकट निम्त्याएको कोरोना भाइरस जस्तो विपदमा हरेस नखाई लड्नु पर्ने सन्देश दिएको छ । भय र त्रासको यो समयमा पनि रातदिन नभनि खटिइरहेका स्वास्थ्यकर्मी , सुरक्षाकर्मीहरु र सम्पूर्ण फ्रन्टलाइन वर्कर्सलाई यस गीतमार्फत धन्यवाद दिइएको छ।

    गीतको भिडियो निर्देशन एलिन श्रेष्ठले गरेका हुन् । भिडियो उत्तम हुमागाईं र असू बस्नेतले खिचेका हुन् भने भिडियोमा सम्पादन लोकेश बज्राचार्यको रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend