logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • पाथीभरा केबुलकारमा सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिन्छौं : अध्यक्ष ढकाल

    पाथीभरा केबुलकारमा सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिन्छौं : अध्यक्ष ढकाल

    1.3K
    Shares
    पाथीभरा केबुलकारमा सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिन्छौं : अध्यक्ष ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ताप्लेजुङम पाथीभरा केबुलकारमा सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिने बताएका छन् । ताप्लेजुङ सरोकार केन्द्रले शुक्रबार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

    उनले संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबुलकारले शत प्रतिशत दिने प्रतिवद्धता जनाए । उनले सरकार र निजी क्षेत्रले अर्बौं रुपैयाँ खर्च गरेर वैदेशिक लगानीको लागि काम गरी रहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्र स्वदेशमा लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने बताए । उनले स्वदेशी लगानी पहिलो प्राथमिकतामा राख्नसके मात्रै पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास हुने धारणा राखे ।

    उनले पाथीभरामा केबुकार निर्माण आफ्नो व्यक्तिगत फाइदाको लागि भन्दा पनि समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनाको लागि काम गरिरहेको बताए । उनले स्थानीयहरुलाई केबुलकारले दिने सेवा सुविधा सबै दिन तयार रहेको बताए । उनले एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केबुलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा रहेको बताए ।

    उनले पाथीभरा केबुलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको भन्दै रुखहरु खाट्ने प्रक्रिया सकिएको बताए । उनले केबुकार निर्माण गर्ने काम शुरु भएको १५ महिना भित्र सम्पन्न गर्ने तयारी रहेको बताए । उनले पाथीभरा केबुकार बनाउने आयोजना आइएमई ग्रुप र चन्द्रप्रसाद ढकालको मात्रै नभएर पाथीभरा, ताप्लेजुङ, कोशी प्रदेश र देशको पनि आयोजना भएकाले सबैको साथ सहयोगको अपेक्षा गरेको बताए । उनले पर्यटन पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना,व्यवसायी गतिविधि र राजश्व वृद्धि हुने भन्दै पाथीभरा केबुलकार बनाउन शुरुवात गरेको बताए ।

    उनले भने, ‘पाथीभरा केबुलकार बनाउँदा स्थानीयहरुलाई के गर्नुपर्छ । त्यो गर्न तयार छौं । स्थानीय मानिसहरुलाई के सुविधा दिनुपर्छ त्यो भन्नुपर्यो । केबुलकारले अगाडि नै विभिन्न ठाउँमा स्थानीय बालबालिका,वृद्धाहरुलाई दिने सुविधाको विषयमा तयारी छ । हामी एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केबुलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा छौं । पाथीभरा केबुलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको छ । रुखहरु खाट्ने प्रक्रिया सकिएको छ ।

    केबुकार निर्माण गर्ने काम सुरु भएको १५ महिना भित्र सम्पन्न गर्ने गर्ने तयारी छ । पाथीभरा केबुकार बनाउने आयोजना आइएमई ग्रुप र चन्द्रप्रसाद ढकालको मात्रै नभएर पाथीभरा, ताप्लेजुङ, कोशी प्रदेश र देशको पनि आयोजना भएको हुनाले त्यही अनुसार ताप्लेजुङको सहयोगको अपेक्षा छ । पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना,व्यवसायी गतिविधि र राजश्व वृद्धि हुन्छ भन्ने उदेश्यले पाथीभरा केबुलकार बनाउन शुरुवात गरेका छौँ । यो आयोजना ताप्लेजुङको मात्रै होइन । समग्र मुलुकको पर्यटन प्रवद्र्धनमा केबुकारले ठूलो भुमिका निर्वाह गर्छ ।

    अहिले नेपालमा वैदेशिक लगानी भित्र्याउनको लागि ठूलो खर्च गरिरहेका छौँ । तर हामी स्वदेशी लगानी विकास गर्छौं भनेर निजी क्षेत्र ताप्पलेजुङ जाँदा चन्द्रप्रसाद ढकालको व्यक्तिगत फाइदाको लागि भनियो । मैले मेरो फाइदालाई मात्रै हेर्ने भए अन्य ठाउँमा पाँच तारे होटल खोल्ने थिए । होटल बनाएको भए यति धेरै झमेला आउने थिएन । सम्भावना भएको ठाउँमा पर्यटन र स्थानीय विकासको लागि हो । फाइदा मात्रै भन्दा पनि पर्यटन विकासलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ । स्वदेशी लगानीलाई निरुत्साहित गर्नु खोज्नु गलत हो । सकेसम्म सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिन चाहन्छौ ।’

    उनले यो आयोजना ताप्लेजुङको मात्रै नभएर समग्र मुलुकको पर्यटन प्रवद्र्धनमा केबुकारले ठूलो भुमिका निर्वाह गर्ने बताए । उनले फाइदा मात्रै भन्दा पनि पर्यटन विकासलाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend