logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • लेदोसहितको पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

    लेदोसहितको पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

    882
    Shares
    लेदोसहितको पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

    ढोरपाटन (बागलुङ) । भारी वर्षाका कारण राष्ट्रिय गौरवको आयोजनाका कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा लेदोसहित पहिरो झर्दा कोरिडोर पूर्ण रुपमा बन्द भएको हो ।

    उक्त सडकखण्ड दुई महिनादेखि अवरुद्ध भइ बिहीबार मात्रै सञ्चालनमा आएको थियो । तर बिहीबारदेखि नै भारी वर्षा हुँदा कोरिडोर अवरुद्ध भएको प्रहरी चौकी मालढुङ्गाका प्रमुख भोजबहादुर गुरुङले जानकारी दिए । सडक पूर्णरुपमा बन्द हुँदा बागलुङको दक्षिण क्षेत्रदेखि जिल्ला सदरमुकामको सिधा सम्पर्क विच्छेद भएको उनको भनाइ छ ।

    चीन–भारत जोड्ने गरी निर्माण भएको कोरिडोर वर्खाको समयमा बन्द हुने गरेको छ । सडक अवरुद्ध हुँदा बागलुङ बलेवा, जैमिनी, बरेङ सञ्चालन हुने यातायात ठप्प भएका छन् । जसका कारण यात्रु अलपत्र परेको गुरुङले बताए । कोरडोर हुँदै बुटवल, भैरवाह दलगायत तराई क्षेत्रमा सञ्चालन हुने यातायात बर्खा सुरु भएपछि चल्न सकेका छैनन् ।

    करिडोरको विकल्पमा दब्ल्याङ–कालाखोला खण्डलाई वैकल्पिक सडकका रुपमा सञ्चालनमा ल्याइए पनि ठूलो वर्षाका कारण यातायातका साधान चल्न सकेका छैनन् । अहिले पनि भारी वर्षा भइरहेको हुँदा तत्काल सडक खुलाउन संभवन नभएको उनी बताउँछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend