logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • सरकारले सबै सामथ्र्यका साथ परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

    सरकारले सबै सामथ्र्यका साथ परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

    518
    Shares
    सरकारले सबै सामथ्र्यका साथ परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

    काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामथ्र्यका साथ उत्पन्न विषम् परिस्थितिको सामना गर्ने बताएका छन् ।

    चीन भ्रमण पूरा गरी आज दिउँसो स्वदेश फर्किएका उनले समस्या समाधानका लागि सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरे । उनी विमानस्थलमा ओर्लिएपछि सिधै मन्त्रालय पुगी छलफलमा जुटेका थिए ।

    अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा यही असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend