logo

२०८१ पुष २० शनिबार

logo
  • शनिबार, २० पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको ११ अर्ब कहाँ गयो ? विदेशबाट फर्केका कामदार रुँदै फेरी विदेश जानुपर्ने ?

    प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको ११ अर्ब कहाँ गयो ? विदेशबाट फर्केका कामदार रुँदै फेरी विदेश जानुपर्ने ?

    1.8K
    Shares

    भदौ २३ काठमाडौँ, नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा सांसद ड़ा.डिला संग्रौलाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको ११ अर्ब रुपैया छुट्याईयो तर विदेशबाट फर्केका कामदार रुँदै फेरी विदेश जानुपर्ने बिडम्बना किन भन्दै सरकारलाई प्रश्न गरेकी छिन । मंगलबार सामाजिक संजाल फेसबुकमा सरकारलाई प्रश्न गर्दै उनले लेखेकी छिन् 

    आफ्नो परिवारलाई पाल्न र आफू पालिनको निम्ति भोको पेट र परिवार संग बिछोडिदै दर्दका आँसु चुहाउदै पुनः युवा जगत कोरोनाको बड्दो संक्रमणको भुङ्रोमा हाम्फाल्न दिनहुँ हजारौंको संख्यामा भारत गै रहेको समाचारले कुन नेपालीको मन नरोएको होला।बजेटमा ठुल्ठुला कुरा गरियो,पासगरियो।

    प्रधानमन्त्री रोजगार कार्यक्रममा ११अरब ६०करोड रकम छुट्याइएर २ लाख रोजगारी दिने भनियो।बिदेशबाट फर्किएका कोरोना प्रभावितलाई सीप बिकास तालिम आदिमा १ अरब रकम बिनियोजित पनि गरियो।युवा स्वरोजगार कोष ,श्रम सूचना बैंक देखि सीप रुपान्तरण कार्यक्रममा ८ लाखलाई रोजगारी दिने भनियो बजेटमा।तर,कार्यान्वयन हुन नसकी भक्कानिदै रुदै पुनः आफ्नो देश छोडेर नेपाली दाजुभाइ दिदिबहिनीहरु बिदेश जान बाध्य भएकाछन।
     
    स्वदेशमा कृषिको रोजगारीमा रहेका किसानको पनि मलको हाहाकारले आफ्नो श्रम त्यसै खेर गै रहेको छ।सरकारको बजेट केवल हुने खाने र सत्तामा पहुँच हुनेलाइ मात्र पो रहेछ कि?खोइ त ति निसाहाय पीडित को लागि!ब्वबस्था फेरिदै फेरिदै गणतन्त्रसम्म आइपुग्दा पनि यस्तै हुने हो भने अब जनताले को संग अपेक्षा गर्ने?
     
     
     
     
     
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend