२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एआई डाटा सेन्टर बनाउन ८० अर्ब डलर लगानी गर्ने माइक्रोसफ्टको घोषणा

शनिवार , पौष २०, २०८१

सान फ्रान्सिस्को,सिन्ह्वा । अमेरिकाको प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेशनले कृत्रिम बैद्धिकता (एआई) डाटा सेन्टर निर्माण गर्नको लागि सन् २०२५ मा ८० अर्ब अमेरिकी डलर छुट्याएको छ ।

माइक्रोसफ्टले एक ब्लग पोस्टमा टेक विशालले एआई मोडेलहरूलाई तालिम दिन तथा विश्वभर एआई र क्लाउड–आधारित अनुप्रयोगहरू प्रयोग गर्ने योजना बनाएको जानकारी दिएको छ ।

माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथका अनुसार त्यो ८० अर्ब डलर विनियोजनमध्ये आधाभन्दा बढी अमेरिकामा खर्च हुनेछ ।

स्मिथले भने,“एआईले अर्थतन्त्रको हरेक क्षेत्रमा नवप्रवर्तन र उत्पादकत्व बढाउने वाचा गर्छ । अमेरिका यस नयाँ प्रविधि लहरको अगाडि उभिन तयार छ ।”

माइक्रोसफ्ट तथा ओपनएआई एक डाटा सेन्टर सुविधाको निर्माणको बारेमा वार्तामा थिए । यो सुविधा निर्माण गर्न १ खर्ब डलरभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको थियो ।

गत वर्ष २०२४ मा माइक्रोसफ्टले २ अर्ब ११ करोड ९० लाख डलर आम्दानी गरेको छ । आम्दानीको हिसावले कर्पोरेशन २६ औं स्थानमा छ ।

यो पनि :

मानव जीवनको खोजमा एआई प्रविधिको प्रयोग

एआई प्रविधि विकास र प्राकृतिक समस्यामा जुधेको सन् २०२४

‘नेपाललाई क्षेत्रीय ‘एआई हब’ बनाउन सकिन्छ’ (विचार)

एआईमा महत्त्वपूर्ण प्रगतिका लागि दुई जनालाई भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान

एआई पूर्वाधार स्टार्टअपमा एक अर्ब २० करोड डलर लगानी गर्ने भारतको तयारी

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट