२०८३, श्रावण ७ गते

बिहिवार, श्रावण ७ गते २०८३

आजको विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर १५४.८१ र युरो १७६.५६ रुपैयाँ पुग्यो

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा कायम भएको छ।

यसैगरी, युरोपियन युरोको भाउ पनि बढेको छ। आज युरो एकको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५६ पैसा तोकिएको छ। युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ १९ पैसा र बिक्रीदर २०७ रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन र क्यानेडियन डलरको दर पनि निर्धारण गरिएको छ। जसअनुसार अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०८ रुपैयाँ २८ पैसा कायम भएको छ भने क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३९ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ ८१ पैसा तोकिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट