logo

२०८१ पुष २० शनिबार

logo
  • शनिबार, २० पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    बीपी कोइरालाका बिचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक छन् -डा डिला संग्रौला

    बीपी कोइरालाका बिचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक छन् -डा डिला संग्रौला

    7.1K
    Shares

    २५ भदौ, काठमाडौं । मंगलादेवी स्मृति प्रतिष्ठानले जननायक बिपि कोइरालाको १०७ औ जन्म दिवसका अवसर “वर्तमान राष्ट्रिय परिवेशमा बिपि बिचारको सान्दर्भिकता” बिषयमा छलफल गरेको छ ।

    छलफलमा बोल्दै मंगालादेवी स्मृति प्रतिस्ठानकि सस्थापक अध्यक्ष तथा सांसद डा डिला संगौलाले बिपि कोइरालाले नेपाली प्रतिपादन नेपाली बिकास मोडल नेपालमा मात्रै नभई बिश्वमा चर्चित भएको बताउनु भयो।

    ‘नेपाली हलो जोत्ने किसानलाई सम्झेर बिपिले देखाएको प्रजातान्त्रिक समाजबाद, आर्थिक क्रान्ति, लोकतन्त्र र समाजबादको माध्यमबाट हरेक नेपालीको एउटा घर होस् एउटा दुहुनो गाई होस् भनेर जुन नेपाली भूगोल सुहाउँदो मोडलको परिकल्पना आज भन्दा सत्तरी बर्ष अगाडी गर्नु भयो  त्यो आज पनि उत्तिकै सान्दर्भिक छ’  डा संगौलाले भन्नुभयो। 

    बिपिको बिचारलाई हेर्दा माहात्मा गान्धीको  गान्धीजम, आर्थिक पाटोलाई कार्ल माक्सको माक्सिजम र त्यो बेलाको परिवेस सुहाउँदो रियाल्यीजम यो नै बिपिको उत्कृष्ट  बिचार हो । साथै ‘जमिन कस्को जोत्नेको घर कस्को पोत्नेको’ जस्ता उत्कृष्ट सिद्धान्तहरु आज पनि उत्तिकै सान्दर्भिक भएको उँहाको धारणा थियो।  

    नेपाली काङ्ग्रेस पटकपटक  सत्तामा पुग्दा के गर्यो भनेर प्रश्नहरु उठेका छन् हामीले कतै बीपीको बाटो त बिराएनौ भनेर काङ्ग्रेसमा आस्था राख्ने जनताले सोधन थालेका छन् त्यसैले ‘अबको काङ्ग्रेसको बाटो तथा बिपीको सपनाको बाटो प्रजातान्त्रिक समाजबादका माध्यमबाट मुलुकको आर्थिक क्रान्ती हो । जनताको सुखदुखको सहयात्री काङ्ग्रेसले यसलाई आफ्नो मूलमन्त्र बनाएर अगाडि बढ्नु बिपीप्रतिको सम्मान हो, न्याय हो ।’

    बिपीले उठाएको राष्ट्रियता कमजोर हुँदै गएको बताउँदै  उंहाले भन्नुभयो, ‘राष्ट्रियता र राष्ट्रिय एकताको नाममा व्यक्तिलाई देवत्वकरण प्रवृत्तिले राजनीतिलाई गाँजेको कारण राष्ट्रिय स्वाधीनता कमजोर भएको छ ।’  अब राष्ट्रियताको मुद्दामा बहस गर्ने बेला भएको छ, यसको जिम्मेवारी काङ्ग्रेसले लिनुपर्छ । काङ्ग्रेस बाहेक अन्य पार्टीले राष्ट्रियताको मुद्दालाई सन्तुलनमा राख्न सक्दैन ।’ भन्दै उहाँले भन्नुभयो , ‘कम्युनिस्टहरु उग्र राष्ट्रवादको पर्याय बनेका छन्, पहाडमा जाँदा पहाडे राष्ट्रवाद, हिमालमा जाँदा हिमाली राष्ट्रवाद त मधेस जाँदा मधेशी राष्ट्रवादको भेषमा राष्ट्रियतालाई कमनोर बनाउँदै लगेका छन् ।’

    सो कार्यक्रममा प्रमुख अतिथि कांग्रेस महामन्त्री शशांक कोइराला र विशिष्ट अतिथि पुर्व मन्त्री तथा युवा नेता गगन थापा लगायत कांग्रेस नेताहरु सहभागी हुनुहुन्थ्यो। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend