logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • पाथिभरामा जस्तै बडिमालिका र बुढीनन्दामा केबुलकार बनाउन अध्यक्ष ढकाललाई मन्त्री पाण्डेको आग्रह

    पाथिभरामा जस्तै बडिमालिका र बुढीनन्दामा केबुलकार बनाउन अध्यक्ष ढकाललाई मन्त्री पाण्डेको आग्रह

    1.6K
    Shares
    पाथिभरामा जस्तै बडिमालिका र बुढीनन्दामा केबुलकार बनाउन अध्यक्ष ढकाललाई मन्त्री पाण्डेको आग्रह

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेले ताप्लेजुङको पाथिभरामा जस्तै बाजुराको बडीमालिका र बुढीनन्दामा पनि केबुलकार बनाउन आग्रह गरेका छन् । ताप्लेजुङ सरोकार समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई बडीमालिका र बुढीनन्दामा केबुलकार बनाउन आग्रह गरेका हुन् ।

    मनकामना र चन्द्रागिरी केबुलकारको उदाहरण दिदै उनले भने ‘म बाजुराको मानिस, त्यहाँका बढीमालिका र बुढीनन्दा जस्ता प्रख्यात तीर्थस्थल छन् । त्यहाँ पनि केबुलकार निर्माण गर्नुस ।’

    ‘पाथीभरामा जसरी बहस चलाउदै हुनुहुन्छ, त्यसरी नै बढीमालिका र बुढीनन्दामा केबुलकार बनाएर ताप्लेजुङबासीलाई पनि बाजुरा आउने वातावरण सिर्जना गर्दिनुस’ मन्त्री पाण्डेले भने । केवलकार  प्रकृतिमैत्री भएकाले नेपालका लागि यो अपरिहार्य भएको मन्त्री पाण्डेको भनाई छ ।

    पाथिभरामा जसरी केबुलकार बनाउन वहस भइरहेको छ, त्यसरी नै बढीमालिकामा आवश्यक भएको उनको तर्क छ । उनले प्रकृतिलाई असर गर्ने, कम जंगल मास्ने र जमिनलाई धेरै असर गर्ने काम केबुलकारले नगर्ने बताए । ‘केबुलकार परियोजना नेपालका लागि अपरिहार्य विषय हो । केबुलकारको संभावना अनन्तकालसम्मको प्रचुर सम्भावना बोकेको छ’ मन्त्री पाण्डेले भने ।

    मन्त्री पाण्डेले केबुलकार परियोजनाका बारेमा युरोपको स्वीट्जरल्याण्डको उदाहरण दिदै भौगोलिक अवस्थाका कारण नेपालमा केबुलकारको बिस्तारलाई प्राथमिकता दिनु पर्ने बताए । केबुलकार नेपालको पर्यटन विकासमा एउटा साधन भएको भन्दै बताउँदै उनले भने, ‘जसरी हामी ४५ मिनेटको यात्रा ४ र ५ मिनेटमा पुरा गर्न सक्छौ त्यस्तै त्यसको विस्तारित रुप केबुलकार हो ।’

    आदिवासी जनजातीलाई सम्मान आवश्यक भएको बताउँदै मन्त्री पाण्डेले विकासलाई रोक्ने र छेक्ने काम गर्न नहुने बताए । ‘हामीले पुरातन मान्यतामै बसेको भए हवाईजहाज बन्दैन थिए, सडक बन्दैन थिए र केबुलकारको विकास पनि हुँदैन थियो’ उनले भने ‘विकासका सबै संरचना खडा हुँदैन थिए ।’ विकासको गतिलाई अघि बढाउँदै संस्कृति सम्यता अघि बढाउनुपर्ने मन्त्री पाण्डेको भनाई छ । यस्तै संस्कृति सबै समाजको प्राण तत्व भएकाले यसलाई जोगाउन जडतामा रहेर हैन विकासलाई रोकेर हैन, यसलाई गतिशील बढाउँदै जोगाउनु पर्नेमा उनको जोड रहेको छ ।

    ‘पहिचान जोगाएर विकास गर्नुपर्छ । पहिचान हेर्न विदेशी पनि आउन पाउनुपर्छ । ताप्लेजुङमा रहेको पाथिभरा हेर्न जानेले बडिमालिका हेर्न पुग्नुपर्छ । यो भए मात्र पाथिभराको महत्व अझ बढ्छ । खुम्च्याएर राख्ने हो गति प्राप्त हुँदैन । सन्तुलित दिृष्टिकोण राखेर अघि बढ्नु्पर्छ’ मन्त्री पाण्डेले भने ।

    ‘म त स्वीट्जरल्याण्ड गएको छैन । तर, अभ्यासलाई हेर्ने हो भने केबुलकार पर्यटनको विकासका लागि एउटा महत्वपूर्ण सामारिक हो । त्यसैले पाथिभरामा केबुलकार बनाउन सन्तुलित मध्यमार्गी बाटो खोल्नुपर्छ’ मन्त्री पाण्डेले भने । नेपालमा लगानीको वातावरण बनाउने काममा निरुत्साहित गर्न नहुने मन्त्री पाण्डेको भनाइ छ ।

    महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष ढकालले सातै प्रदेशमा कम्तिमा एउटा केबुलकार सञ्चालनमा ल्याउने घोषणा गरिसकेका छन् । उनले राजधानीको चन्द्रागिरी, नबलपारसीको मौलाकाली, बुटबलमा लुम्बिनी केबुलकार सञ्चालन गरिरहेका छन् । यस्तै सुदुरपश्चिममा पनि केबुलकार बनाउन तयारी गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend