logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • प्रभु बैंकका ग्राहकलाई कलेज अफ मेडिकल साइन्समा विशेष छुट

    प्रभु बैंकका ग्राहकलाई कलेज अफ मेडिकल साइन्समा विशेष छुट

    259
    Shares
    प्रभु बैंकका ग्राहकलाई कलेज अफ मेडिकल साइन्समा विशेष छुट

    काठमाडौं । भरतपुर महानगरपालिका–१० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । असोज १३ गतेका दिन प्रभु बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेजका तर्फबाट अतिक्ति निर्देशक डा. मनोहर प्रधानले समझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    सम्झौताअनुसार कलेज अफ मेडिकल साइन्ससँग प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिए बापत बिशेष छुट पाउने भएका छन् । ग्राहक तथा कर्मचारीले कलेज अफ मेडिकल साइन्समा उपचार गर्दा औषधि, सिटिस्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजिमा समेतमा २० प्रतिशत सम्म को छुट पाउने छन् ।

    बैंकका अनुसार यो सुबिधा तथा सेवा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतिय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ । त्यस्तै, यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई परिचय पत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend