logo

२०८१ असोज १४ सोमबार

logo
  • सोमबार, १४ असोज २०८१
  • लुम्बिनी प्रदेशमा विपदबाट एक करोड ४३ लाख बराबरको क्षति

    लुम्बिनी प्रदेशमा विपदबाट एक करोड ४३ लाख बराबरको क्षति

    301
    Shares
    लुम्बिनी प्रदेशमा विपदबाट एक करोड ४३ लाख बराबरको क्षति

    लुम्बिनी । लुम्बिनी प्रदेशमा विपदबाट एक करोड ४३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले आज सार्वजनिक गरेको विवरणअनुसार बाढीपहिरो तथा डुबानका ३२ वटा घटना भएको जनाइएको छ । यस अवधिमा अधिक वर्षा, बाढीपहिरो तथा डुबानका घटना घटेका हुन् ।

    विपदमा परेर तीनको मुत्यु, दुई घाइते र एक बेपत्ता भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेले जानकारी दिए । बाढीमा परेर रुपन्देहीमा दुई र पानीमा डुबेर बाँकेमा एकको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    यो अवधिमा १९ वटा घर भत्किएका छन् भने एक सय ६८ वटा घरमा आंशिक क्षति भएको छ । तीन वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ । सात वटा गोठमा क्षति पुगेको जनाइएको छ । लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपद्को सम्भावित घटनाबाट हुन सक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन जारी गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend