काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी रहेको छ ।
बैठकले बाढी, पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिने बताइएको छ ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर आजै स्वदेश फर्किएका हुन् । स्वदेश फर्केलगत्तै ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।