logo

२०८१ असोज १५ मंगलबार

logo
  • मंगलबार, १५ असोज २०८१
  • सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लीला पछाईं पक्राउ

    सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लीला पछाईं पक्राउ

    868
    Shares
    सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लीला पछाईं पक्राउ

    काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले गुल्मीकी लीला पछाईलाई पक्राउ गरेको हो ।

    उनलाई कास्कीको टोलीले सोमबार पोखराबाट पक्राउ गरेको हो ।

    उनले सहकारीका अध्यक्ष जीबी राईसँग मिलेर सहकारीको ३ करोड रुपैयाँ भन्दा धेरै रकम आफ्नो बैंक खातामा राखेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सहकारीबाट लगेको सो पैसाबाट उनले चल–अचल सम्पत्ति खरिद गरेको तथा शेयर कारोबारसमेत गर्ने गरेको पाइएको छ ।

    सोमबार पक्राउ परेकी उनलाई जिल्ला अदालत कास्कीले ४ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीको भनाइ छ ।

    उनी प्रत्यक्ष रूपमा सहकारीमा नजोडिएको र राईसँग ऋणी भएर जोडिएको तथ्यंहरू फेला परेको प्रहरीले जनाएको छ । लीला पछाईं र जीबी राईबीचको सम्बन्ध के हो भन्ने प्रहरीले खुलाएको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend