logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • राज टाइगरले चुमे ‘सर्वोत्कृष्ट फेष्टिभ सङ मोडल अवार्ड’

    राज टाइगरले चुमे ‘सर्वोत्कृष्ट फेष्टिभ सङ मोडल अवार्ड’

    952
    Shares
    राज टाइगरले चुमे ‘सर्वोत्कृष्ट फेष्टिभ सङ मोडल अवार्ड’

    काठमाडौं । सर्वोत्कृष्ट फेष्टिभ सङ मोडल अवार्ड राज टाइगरले चुमेका छन् । विगत एक दशकदेखि नेपाली म्युजिक भिडियो मोडलमा सक्रिय उनले चौथो स्पर्श म्युजिक भिडियो अवार्ड २०२४ मा सर्वोत्कृष्ट पुरुष मोडल फेस्टिभ सङ गीतको बोल ‘केलाई पीर लिन्छौ मायाले’ बाट अवार्ड प्राप्त गरेका हुन् ।

    स्पर्श मिडिया एन्ड इन्टरटेन्मेन्ट प्रेजेन्ट नेपाल र इन्टरनेसनल र ब्राइट इभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको कार्यक्रममा अभिनेता शिव श्रेष्ठलाई नेपाली र विदेशी चलचित्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर स्वरूप नेपालको पहिलो इन्टरनेसनल सुपरस्टार विभूषणबाट सम्मान प्रदान गरिएको छ । कार्यक्रममा अभिनेत्री रिमा विश्वकर्मालाई म्युजिक भिडियो क्विन सम्मान साथै निर्देशक आदित्य बुढाथोकीलाई सम्मान गरिएको थियो ।

    यस्तै समारोहमा सर्वोत्कृष्ट गायक सुमन राई, सर्वोत्कृष्ट गायिका सम्झना श्रेष्ठ, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक निकेश खड्का र सर्वोत्कृष्ट फेस्टिभ सङ महिला मोडलमा निना बुढाथोकीले अवार्ड चुमेका थिए । अवार्डको चिफ जुरीमा वीरेन्द्र हमाल र जुरी सदस्यहरूमा दिनेश केसी, दयाराम पाण्डे, रविन्द्र बराल र देवेन्द्र पाण्डे रहेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend