logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको भेट, के भयो छलफल ?

    प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको भेट, के भयो छलफल ?

    770
    Shares
    प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको भेट, के भयो छलफल ?

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहेकी बङ्गलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गरेकी छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

    भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend