logo

२०८१ माघ ६ आइतबार

logo
  • आइतबार, ६ माघ २०८१
  • खाद्यमा आजदेखि दशैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री, कतिमा पाइन्छ ?

    खाद्यमा आजदेखि दशैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री, कतिमा पाइन्छ ?

    1.8K
    Shares
    खाद्यमा आजदेखि दशैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री, कतिमा पाइन्छ ?

    काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्दैछ ।

    कम्पनीले प्रतिकेजी खसीबोकाको मूल्य ६७० रुपियाँ निर्धारण गरेको छ । निर्धारित मूल्यमा १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँमा बिक्री खुला गरेको हो ।

    यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर एक हजार २२० रुपियाँमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

    खाद्यले २०८ वटा खसी बोका र २८५ वटा च्याङ्ग्रा ल्याइसकेको र अरू ल्याउने क्रम जारी रहेको बताएको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend