२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आइएमई र एभरेष्ट ग्रुपको २ अर्ब लगानीमा स्थापना भएको नेपाल पल्पले थाल्यो कागज उत्पादन

आइतवार , माघ ६, २०८१

काठमाडौं । व्यावसायिक घराना आइएमई ग्रुप र एभरेस्ट ग्रुपको संयुक्त लगानीमा कागज कारखाना सञ्चालनमा आएको छ । उद्योगले अहिले कागजको परीक्षण उत्पादन (ट्रायल फेज) थालेको छ ।

दुई व्यवसायिक समूहले नेपाल पल्प एण्ड पेपर इन्डस्ट्रिज प्रालिका नाममा कागज कारखाना सञ्चालनमा आउन लागेको हो । कम्पनीको प्रिन्टिङ पेपर उत्पादन कारखाना डिसेम्बर २०२३ सम्म सञ्चालन गर्ने पहिलेको योजनाको थियो । तर ढिलाइ हुन गएको छ । अहिले उद्योग परीक्षण उत्पादन चरणमा रहेको छ ।

कूल लागतमध्ये ८० प्रतिशत बैंक ऋण र बाँकी २० प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) लगानी रहेको छ । उद्योगमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एभरेष्ट बैंकले ऋण लगानी गरेका छन् । पहिलो डेढ अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा लागत ४३ प्रतिशत बढेर २ अर्ब रुपैयाँ पुगेको छ ।

सन् २०२१ जनवरी २० मा स्थापना भएको नेपाल पल्प एण्ड पेपरले पूर्वाधार निर्माण सकेर परीक्षण उत्पादन थालेको हो । २०२१ अगस्टदेखि उद्योगको पूर्वाधार निर्माण सुरु भएको थियोे ।

नेपाल पल्पले मधेश प्रदेशको महोत्तरी जिल्लाको राम नगरमा ११ विघाह जग्गा खरिद गरेर कागज उत्पादन गर्ने उद्योगको पूर्वाधार बनाएको हो ।

उद्योगको उत्पादन क्षमता वार्षिक २१ हजार टन छ । उद्योगले उच्चगुणस्तरको लेख्न र प्रिन्टिङ गर्न पेपर उत्पादन गर्ने भएको छ ।

उद्योगमा आईएमई समूहको ४० प्रतिशत सेयर लगानी रहेको छ । सर्राफ समूहको ३० प्रतिशत लगानी छ । जसअनुसार नेपाल पल्पमा ओम क्यापिटल होल्डिङ्स प्रालिको ३५ प्रतिशत हिस्सा छ ।

यस्तै सुनिल गोपाल र होमनाथ ज्ञवालीको १५–१५ प्रतिशत, सुलोचनादेवी सरार्फको २० प्रतिशत स्वामित्व छ । उद्योगको अध्यक्षमा चन्द्रप्रसाद ढकाल छन् । ढकाल आइएमई गु्रप र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन् ।

आइएमई ग्रुप, बैंकिङ, रेमिट्यान्स, बीमा, जलविद्युत, केबुलकार, होटल बिजनेसमा संलग्न छ । उद्योगको अर्का साझेदार एभरेस्ट ग्रुप पेपर मिल, वायर्स, मेटल, राइस मिल्स र औषधी व्यवसायमा संलग्न छ ।

एभरेष्ट ग्रुपले एभरेष्ट पेपर मिल्स प्रालि सञ्चालन गर्दै आएको छ । सर्राफसँग यस क्षेत्रको बारेमा लामो अनुभव रहेको छ ।

उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुनेछ । रामनगरमा यसअघिदेखि नै एभरेष्ट सुगर ऐण्ड केमिकल इण्ड्रष्ट्रिज सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ