logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • बाढीपहिरो पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

    बाढीपहिरो पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

    182
    Shares
    बाढीपहिरो पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

    काठमाडौं । प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा निर्माण व्यवसायी विकास परिषदले पनि एक करोड सहयोग गरेको छ ।

    आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरी परिषद्का अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढी पहिरो पीडितका लागि सो रकम हस्तान्तरण गरेका हुन् ।

    निर्माण व्यवसाय ऐनको व्यवस्था अनुसार आफूहरुले पीडितलाई राहत दिने निर्णय गरेको पनि मन्त्री दाहालले बताए ।

    उनले भने, ‘निर्माण व्यवसाय ऐन २०५५ को दफा १३ बमोजिम निर्माण व्यवसायी विकास परिषद्को मिति २०८१ असोज १८ गते बसेको ४१ औं बैठकबाट निर्माण व्यवसाय कोषबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु एक करोड जम्मा गर्ने निर्णय भएको व्यहोरा सादर अनुरोध गर्दछु ।’

    निर्माण व्यवसाय ऐन २०५५ को दफा १३ मा निर्माण व्यवसायी विकास परिषदले पनि विपद्मा आर्थिक सहयोग गर्ने उल्लेख गरिएको छ ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend