logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • जनतालाई कम भन्दा कम पीडाको अनुभुति हुने स्थिति बनाउन माओवादीको ध्यानाकर्षण

    जनतालाई कम भन्दा कम पीडाको अनुभुति हुने स्थिति बनाउन माओवादीको ध्यानाकर्षण

    427
    Shares
    जनतालाई कम भन्दा कम पीडाको अनुभुति हुने स्थिति बनाउन माओवादीको ध्यानाकर्षण

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले जनतालाई कम भन्दा कम पीडाको अनुभुति हुने स्थिति बनाउने गरी काम गर्न सरकाको ध्यानाकर्षण गराएको छ ।

    आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा भेटेर माओवादी केन्द्रले सरकारलाई ध्यानाकर्षण गराएको हो । विपद् पीडितको उद्धार, राहत र पुनःस्थापनाको कामलाई तिब्रताका साथ अघि बढाउन पनि माओवादी केन्द्रले ध्यानाकर्षण गराएको छ ।

    ध्यानाकर्षण गराउने क्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विकास नीतिहरु बनाउँदा गम्भीर हुनुपर्ने बताए । उनले राज्यको सुशासनको कमी र पहुँचवाला जबरजस्तीका कारण पनि जोखिम बढ्दै गएको बताए ।

    उनले भने, ‘हाम्रोमा पनि र बाहिर पनि अहिलेको प्रकृति प्रकोप जस्तो देखिने तर शुद्ध प्राकृतिक प्रकोप नहुने । मानवीय पक्ष पनि त्यसमा मिश्रित भएर जोखिम बढ्ने र त्यसले क्षति पनि बढाउने भइरहेको स्थिति छ । विकास नीतिहरु हामीले बनाउँदा यसले पैदा गरेको अवस्थाको बारेमा गम्भीर बन्नुपर्छ । हाम्रो देश जोखिमयुक्त हो भन्नेकुरा थाहा पाउँदा पाउँदै त्यसलाई ध्यान दिएर विकास नीतिहरु बनाउनु पर्छ ।

    त्यो कमजोरीका कारण क्षति बढाएको छ । नागरिकको कुरा के छ भने राज्यले सुशासनको पक्षमा जस्तो नदी किनारमा केही संरचना बनाइदिएको छ, खानीहरु जथाभावी छ, राज्यको सुशासनको कमी र पहुँचवालाको कारण यो जोखिम थपिएको छ । जनतालाई कम भन्दा कम पीडाको अनुभुति हुने स्थिति बनाउन जरुरी छ । सबै एकतावद्ध भएर यो संकटको सामना गर्नुपर्छ ।’

    उनले सबै एकतावद्ध भएर संकटको सामना गर्नुपर्नै बताए । ध्यानाकर्षण पत्र ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिको परिस्थितिमा साझा समस्याका रुपमा साझा समाधान निकाल्नुपर्ने बताए । उनले उद्धार राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि सबै मिल्नुको विकल्प नरहेको बताए ।

    उनले भने, ‘प्राकृतिक विपत्तिको परिस्थितिमा हामी सबै मिलेर साझा समस्याका रुपमा लिएर साझा समस्याबाट समाधान गर्नुपर्छ । उद्धार राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि हामी सबै लाग्नुपर्छ ।’

    प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिलाई एकजुट भएर पन्छाउन सबैलाई आग्रह गरे ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend