logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • गृहमन्त्री लेखकद्वारा ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण

    गृहमन्त्री लेखकद्वारा ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण

    238
    Shares
    गृहमन्त्री लेखकद्वारा ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।

    आईतबार गृहमन्त्री लेखकले ललितपुर जिल्लास्थित बाढीपहिरो प्रभावित गोदावरी, देवीचौर, टिकाभैरव लगायत विभिन्न क्षेत्रको निरीक्षण गरेका हुन् । बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिलाई लाभग्राहीहरुको विवरण पठाउन निर्देशन दिए । उनले क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको बताए ।

    सरकारले बाढीपहिरो समस्यालाई गम्भीर रुपमा लिएको भन्दै उहाँले सकेसम्म छिटो उद्धार, राहतसामग्री वितरण, नागरिकको जनजीवन सहज बनाउने लगायत बसोवास व्यवस्थापनको लागि सरकार लागिपरेको बताए । उनले विपद्मा सबै एकाकार भएर काम गर्नुपर्ने बताए ।

    निरीक्षणका क्रममा वागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन, स्थानीय वडाध्यक्षलगायत प्रहरी प्रमुखसहितका अधिकारीहरु सहभागी थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend