logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • हेटौँडा–काठमाडौँ जोड्ने तीन सडक एक सातापछि सञ्चालनमा

    हेटौँडा–काठमाडौँ जोड्ने तीन सडक एक सातापछि सञ्चालनमा

    714
    Shares
    हेटौँडा–काठमाडौँ जोड्ने तीन सडक एक सातापछि सञ्चालनमा

    बागमती । हेटौँडा–भीमफेदी–काठमाडौँ सडक एक सातापछि आइतबारबाट सञ्चालनमा आएको छ ।

    हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने सडकखण्डमा पर्ने सिमखोला र फाखेल स्थित सडकमा डाईभर्सन बनाएर बाटोको मर्मत सकिएपछि साँझबाट सडकमा सवारी आवतजावत सञ्चालन भएको बागमती प्रदेश सरकार मातहतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलले जानकारी दिए ।

    मर्मत सम्भार भएसँगै हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाडौँ, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ सडक सञ्चालनमा आएको निर्देशक पोखरेलले बताए ।

    ‘‘सडक मर्मत गरेर तत्काल सवारीसाधन सञ्चालन भए पनि अझै पूर्ण रुपमा सडक मर्मत सम्पन्न भइसकेको छैन”, निर्देशक पोखरेलले भने , ‘‘सडकमा अझै केही काम गर्न बाँकी रहेकाले भोली फेरि केहीबेरका लागि सो सडकमा सवारी चलाउन रोक्नुपर्ने हुन्छ ।”

    यही असोज १० गतेदेखि १२ गतेसम्म आएको वर्षासँगै कुलेखानी ड्यामको पानीले सिमखोला पुलमा करिब एक सय मिटरमा क्षति पुर्याएको थियो । फाखेलतर्फको महालक्ष्मी खोला पुल र आसपासको करिब सात सय मिटर सडक बगाएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend