logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • कृष्ण केसीको स्वर रहेको गीत ‘एउटै बाटो’ सार्वजनिक (भिडियो)

    कृष्ण केसीको स्वर रहेको गीत ‘एउटै बाटो’ सार्वजनिक (भिडियो)

    203
    Shares
    कृष्ण केसीको स्वर रहेको गीत ‘एउटै बाटो’ सार्वजनिक (भिडियो)

    काठमाडौं । नेपाली गीत संगीतका लगभग सबै बिधामा उत्तिकै पोख्त कलाकार कृष्ण केसीको सुमधुर स्वरमा सजिएको गीत ‘एउटै बाटो’ सार्वजनिक भएको छ ।

    नेपाली लोक दोहोरी गीतका अत्यन्तै लोकप्रिय गीतहरुमा संगीत संयोजन गरेका केसीको यो गीत भने उनको आफ्नै स्वरमा सजिएको छ । लोक संगीतलाई मुलकर्म बनाएका केसीको एरेन्जमा फिल्मी सुगन्धको मिठास पनि पाइन्छ त्यसैले उनी एक फ्युजन संगीत संयोजकका रुपमा पनि परिचित छ्न् ।

    खाइ लाग्दो कद र स्फुर्त शरिर भएका केसी बेला बेलामा मोडलको भुमिकामा पनि आफूलाई प्रस्तुत गरिरहेका हुन्छ्न् । सबै जसो बाजागाजा आफै बजाउन सक्ने सीप भएकै कारण उनको संगीत संयोजन भएका गीतहरुमा कम्प्रमाइज गर्न उनी पटक्कै रुचाउँदैनन् र क्वालिटी युक्त संगीत प्रस्तुत गर्न प्रतिबद्ध रहेका हुन्छन् ।

    त्यसैले पनि होला आफूले एरेन्ज गरेका गीतहरु रेकर्डिङ भएर फाइनल आएपछि उनी एकपटक सके सम्बन्धित स्टुडियोमै पुगेर सुन्छन् र सुझाब दिन्छ्न् । नसके पनि आफूले एकपटक सुनेपछि मात्रै बजार पठाउनका लागि प्रोत्साहन गर्छ्न् ।

    कृष्ण केसीको स्वर तथा संगीत संयोजन, लेकराज गिरीको लय तथा शब्द, श्याम श्वेत रसाइलीको मिक्सिङ मास्टरिङ, गोबिन्द अनेक र कमल थापाको रेकर्डिङ रहेको अडियोको उत्पादन पृज्म रेकर्डिङ स्टुडियोमा भएको हो ।

    गोबिन्द आचार्य र यशु भट्टराईको अभिनय रहेको यो भिडियो कुमार केसीको निर्देशनमा रहेको छ । उक्त म्युजिक भिडियो छायांकन रेशम दर्लामी, श्रीङ्गार एनिमेश गरुङ, सम्पादन अमृत चापागाईंले गरेका छन् ।

    दशैंको माहोल शुरु भएकै शुभ साइत पारेर केसीको नयाँ कोशेली ‘एक्लो बाटो’ गोबिन्द आचार्य युट्युब च्यानल मार्फत डिजिटल बजारका सबै प्लेटफर्ममा उपलब्ध छ ।

    उक्त गीत नेपालको अत्यन्तै सुन्दर क्षेत्र मुस्ताङको विभिन्न लोकेशनमा छायांकन गरिएको छ । वर्तमान नेपाली जीवनको यथार्थ पाटोलाई यो गीतमा उतारिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend