logo

२०८१ असोज २२ मंगलबार

logo
  • मंगलबार, २२ असोज २०८१
  • क्लिन र ग्रिन ऊर्जामा नेपालले विश्वमा नेतृत्वदायी भुमिका खेल्न सक्छ : अध्यक्ष कार्की

    क्लिन र ग्रिन ऊर्जामा नेपालले विश्वमा नेतृत्वदायी भुमिका खेल्न सक्छ : अध्यक्ष कार्की

    203
    Shares
    क्लिन र ग्रिन ऊर्जामा नेपालले विश्वमा नेतृत्वदायी भुमिका खेल्न सक्छ : अध्यक्ष कार्की

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले विश्वलाई क्लिन र ग्रिन ऊर्जामा नेपालले नेतृत्वदायी भुमिका खेल्ने बताएका छन् ।

    मंगलबार विश्वमा जलविद्युतमा प्राविधि र बजारका विषयमा भएको अन्तक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

    अध्यक्ष कार्कीले क्लिन र ग्रिन ऊर्जामा नेपाल चाँडै विकसित हुने बाटोमा रहेको बताए । उनले नेपालमा उत्पादित क्लिन र ग्रिन ऊर्जा भारत र बंलादेशमा निर्यातको बाटो खुला भएको र भारतमा निर्यात गरिरहेको बताए । उनले भारतसँग १० वर्षमा १० हजारमेगावट र बंलादेशसँग ४० मेगावट विद्युत निर्यात गर्ने सम्झौता भएको उल्लेख गरे । उनले नेपालले सन् २०४५ सम्ममा शुन्य कार्वन उत्सर्जन गर्ने लक्ष्य लिएको पनि बताए ।

    उनले नेपाल दक्षिण एशियामा जलविद्युत उत्पादन र स्टोरेजको हब भएको बताए । उनले अहिले नै नेपालले वर्षातमा विदेशमा १ हजार मेगावट विद्युत निर्यात र सुख्खायाममा नेपालले ७ सय मेगावट विद्युत खरिद गरिरहेको बताए । अध्यक्ष कार्कीले प्राकृतिक रुपमा नै धेरै जलविद्युत उत्पादन गर्नसक्ने अवस्था रहेको भन्दै ६ हजार मेगावट भन्दा बढीका २ हजार जलविद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेको बताए ।

    उनले अस्टे«लिया विश्वको जलविद्युत उत्पादन र प्रविधिमा अगाडि रहेको भन्दै नेपालमा अस्टे«लियाको प्रविधि आदानप्रदान गर्न आवश्यक रहेको बताए । उनले नेपाल जलविद्युत उत्पादनमा ठूलो सम्भावना बोकेको देश भएको बताए ।

    उनले अस्ट्रेलियाको जलविद्युत बजार पनि धेरै विकसित र एडभान्स बजार रहेको भन्दै त्यहाँको बजार नीतिका बारेमा पनि नेपालमा जानकारी लिन जरुरी रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend