logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • निर्माण व्यवसायीहरुको चेतावनी : बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं

    निर्माण व्यवसायीहरुको चेतावनी : बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं

    175
    Shares
    निर्माण व्यवसायीहरुको चेतावनी : बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं

    काठमाडौं । निर्माण व्यवसायीहरुले आफूहरुको बाँकि बक्यौता रकम तत्काल भुक्तानी नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष सकुन्तलाल हिराचनलगायतका व्यवसायीहरुले निर्माण व्यवसायीहरुको सबै बक्यौता रकम तिहार अघि पनि भुक्तानी नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका हुन् ।

    महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको सातौं स्मृति दिवसको अवसरमा पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सिंहले तिहार अगावै आफूहरुको सबै बक्यौता रकमहरुको भुक्तानीसहित ती साँढे ६ अर्वका आयोजनाहरुलाई अघि बढाउने काम गर्न सरकारलाई दबाब दिए । उनले निर्माण व्यवसायीहरु संकटमा परेको कारण मुलुकको अर्थतन्त्र संकटमा परेको उल्लेख गर्दै ती समस्या समाधान गरेर सरकारले मुलुकको अर्थतन्त्रलाई सहज ढंगले चलायमान बनाउने काम गर्नुपर्ने बताए ।

    उनले भने, एउटा जटिल परिस्थितिमा निर्माण उद्योग छ । र, निर्माण उद्योगमा भएको जटिल परिस्थितिको कारणले गर्दा तमाम निर्माण व्यवसायीहरु संकटमा छौं, सकसमा छौं । यसको समाधानका लागि राज्यले अभिभावकीय भुमिका निर्वाह गरेर निकाल्नु पर्छ । र, निर्माण व्यवसायीहरुलाई संकटमा पार्दा मुलुकको अथर, चाँडो भन्दा चाँडो यो कुराको निकास सरकारले दिनुपर्छ भन्ने कुरामा अर्थमन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्छ । र, हामी आशा गर्र्छौ–तिहार अगावै हाम्रो बक्यौता रकमहरुको भुक्तानीसहित ती साँढे ६ अर्वका आयोजनाहरुलाई संकुचनमा गरेर सरकारले आफ्नो क्षमतामा ल्याउने छ । त्यसका लागि महासंघले आफ्नो तर्फबाट सरकारलाई खवरदारी गरिरहेको छ ।’

    महासंघका पूर्वअध्यक्ष सकुन्तलाल हिराचनले पनि तिहार अगाडि आफूहरुको सबै बक्यौता रकम भुक्तानी नभए सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए । उनले निर्माण व्यवसायीहरुको समस्या समाधान गरेर अघि बढे त्यसले सरकारलाई चार गुणा बढि फाईदा दिने दावी समेत गरे ।

    पूर्वअध्यक्ष हिराचनले भने, ‘अव यो तिहार भन्दा अगाडि यदि हाम्रो भुक्तानी भएन भने हामीले कडा भन्दा कडा कदम नचालि सरकारले भुक्तानी दिन्छ जस्तो लाग्दैन । सरकारले हामीलाई भुक्तानी गरेको खण्डमा त्यो त्यो भन्दा ३ गुणा, ४ गुणा बढी फाईदा सरकारलाई नै हुन्छ । त्यो कुरा सरकारले बुझेको छैन । निर्माण क्षेत्र चलायमान हुनु भनेको सारा संसार चलायमान हुनु हो भन्ने कुरा उहाँहरुलाई थाहा छैन ।’

    कार्यक्रममा स्वर्गीय गौचनले निर्माण व्यवसायको क्षेत्रमा पुर्याएको योगदान स्मरण गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend