logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • सरकारी सेवामा मधेसका युवाहरुको आकर्षण बढ्नु सुखद् कुरो हो : मन्त्री यादव

    सरकारी सेवामा मधेसका युवाहरुको आकर्षण बढ्नु सुखद् कुरो हो : मन्त्री यादव

    182
    Shares
    सरकारी सेवामा मधेसका युवाहरुको आकर्षण बढ्नु सुखद् कुरो हो : मन्त्री यादव

    वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले पछिल्लो समय मधेसका युवाहरुमा सरकारी सेवामा आकर्षण दिन प्रतिदिन बढिरहेको बताउनु भएको छ ।

    आज वीरगञ्जमा स्थापना गरिएको ‘सफल लोकसेवा तयारी केन्द्र’ को उद्घाटन गर्नु हुँदै मन्त्री यादवले सरकारी सेवामा मधेसका युवाहरुको आकर्षण बढ्नु निकै सुखद कुरो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी सेवामा मधेसका युवाको सङ्ख्या निकै कमि छ । पछिल्लो समय मधेसका युवाहरुको सरकारी सेवामा आकर्षण बढ्दै गएको छ । जुन आफैमा राम्रो र सरकारात्मक सन्देश पनि हो ।”

    उक्त केन्द्रको उद्घाटनका क्रममा मन्त्री यादवले स्थानीय युवाहरु मिलेर सञ्चालनमा ल्याएको यस केन्द्रले मधेस क्षेत्रमा सरकारी सेवाको तयारी गर्ने इच्छुकहरुको लागि एक विशेष अवसर प्रदान गर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “यस केन्द्रले युवाहरुलाई लोकसेवा परीक्षाको तयारीमा सशक्त बनाउँदै सिङ्गो समाजलाई योग्य, सक्षम, र सेवा–समर्पित जनशक्ति प्रदान गर्ने मार्गमा महत्वपूर्ण योगदान पुर्‍याउने छ ।”

    यतिमात्र नभई आज उद्घाटन गरिएको उक्त ‘सफल लोकसेवा तयारी केन्द्र’ले यहाँका युवाहरुलाई सरकारी सेवामा काम गर्नका लागि ठूलो कोशे ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो । लोकसेवा तयारी केन्द्र तथा यस्ता संस्थाहरुको स्थापना मात्र नभई तिनीहरुको सफल सञ्चालन र युवाहरुको प्रगति नै आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “सरकारी सेवामा आर्कषित हुने युवाहरुले यो केन्द्रको सहि सदुपयोग गरी आफ्नो सपना साकार गर्न म सबै युवाहरुलाई अग्रीम शुभकामना व्यक्त दिन चाहन्छु ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend