logo

२०८१ असोज २४ बिहिबार

logo
  • बिहिबार, २४ असोज २०८१
  • पैसाको सदुपयोग गर्न सक्नुपर्छ, पैसा कम भए पनि गतिलो काम गर्न सकिन्छ : प्रधानमन्त्री ओली

    पैसाको सदुपयोग गर्न सक्नुपर्छ, पैसा कम भए पनि गतिलो काम गर्न सकिन्छ : प्रधानमन्त्री ओली

    392
    Shares
    पैसाको सदुपयोग गर्न सक्नुपर्छ, पैसा कम भए पनि गतिलो काम गर्न सकिन्छ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसाको सदुपयोग गर्न सक्नुपर्ने बताएका छन् । बुधबार साँझ काठमाडौंको बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले पैसाले उद्यमशिलता, नयाँ सोच तयार गर्न सक्नुपर्ने बताए । उनले नयाँ ठाउँमा लगानी गर्नसके मात्रै पैसाको सही सदुपयोग हुने बताए । उनले पैसा हुनेले गतिलो काम गर्छन् भन्न नसकिने बताए । उनले पैसा कम भए पनि गतिलो काम गर्न सकिने बताए ।

    उनले भने, ‘हामीले पैसाको सदुपयोग गर्न सक्नुपर्छ । पैसाले एउटा उद्यमशिलता, नयाँ सोच तयार गर्नुपर्छ । नयाँ ठाउँमा लगानी गर्नुपर्छ । पैसा मात्रै भएर राम्रो काम गरिन्छ भन्ने छैन । पैसा हुने कतिपय मानिस क्यासिनोतिर गएर टाट पल्टिएर फर्किन्छन् । पैसा छ गतिलो काम भइहाल्छ भन्न सकिँदैन । तर पैसा कम भए पनि गतिलो काम गर्न सकिन्छ ।’

    कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले होलिडे इन रिसोर्ट धेरै नै सुन्दर ठाउँमा बनेको बताए । उनले यसको प्रचारप्रसार गर्नसके पर्यटकहरु धेरै बढ्ने बताए । उनले होटल होलिडे इन रिसोर्टबाट काठमाडौंका सबै ठाउँ देखिने र रातिको दृश्यावलोकन सुन्दर देखिने भएकाले आकर्षक रहेको बताए ।

    उनले भने, ‘अत्यन्तै सुन्दर ठाउँमा होलिडे इन रिसोर्ट बनाउनुभएको छ । यसका लागि तपाईंलाई धेरै धेरै धन्यवाद । मलाई विश्वास छ, यसले अवश्य नै अझ बढी प्रचारप्रसार गर्नेछ । यहाँबाट सम्पूर्ण काठमाडौं देखिने भएकाले यसले रातिको दृश्यावलोकन गर्ने राम्रो सुविधान मिल्नेछ ।’

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले विविधतापूर्ण प्रकृति र संस्कृतिलाई दुनियाँभर फिँजाउन आवश्यक रहेको बताए । उनले देशभित्र आन्तरिक पर्यटक बढाउन, देश बाहिरका पर्यटक भित्र्याउन, एक पटक पनि नआएका मानिसहरुलाई एक पटक जाउँ भन्नका लागि र एक पटक आइसकेकोलाई पटक पटक नेपाल जाउँ भन्नका लागि अतिथि देवो भवअनुसारको संस्कारअनुसारको व्यवहार देखाउनुपर्ने बताए ।

    उनले भने, ‘हामीले यो विविधतापूर्ण प्रकृति र संस्कृतिलाई दुनियाँभर फिँजाउन, देशभित्र आन्तरिक पर्यटक बढाउन, देश बाहिरका पर्यटक भित्र्याउन, एक पटक पनि नआएका मानिसहरुलाई एक पटक जाउँ भन्नका लागि र एक पटक आइसकेकोलाई पटक पटक नेपाल जाउँ भन्नका लागि हामीले अतिथि देवो भवअनुसारको संस्कारअनुसारको व्यवहार देखाउनुपर्नेछ ।’

    मन्त्री पाण्डेले नेपालको आकाश सुरक्षित र सुचारु छ भन्ने देखाउनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend