logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रमुख प्रतिपक्षको बैठकमा रविको विषयमा पनि छलफल, पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय

    प्रमुख प्रतिपक्षको बैठकमा रविको विषयमा पनि छलफल, पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय

    1.9K
    Shares
    प्रमुख प्रतिपक्षको बैठकमा रविको विषयमा पनि छलफल, पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दलहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने विषयमा पनि छलफल भएको छ ।

    बैठकमा सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय समेत गरेको छ ।

    सरकारले राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गर्न खोजिएको गुनासो रास्वपाका नेताहरुले गरेका छन् । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपा नेता विराजभक्त श्रेष्ठले निस्पक्ष अनुसन्धानलाई सघाउन सभापति लामिछाने तयार भए पनि पूर्वाग्रही व्यवहार स्वीकार्य नहुने बताए ।

    सरकार नेताहरुलाई पक्राउ गरेर तर्साउने रणनीतिमा लागेको समेत निष्कर्ष बैठकले निकालेको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend