logo

२०८१ कार्तिक ३ शनिबार

logo
  • शनिबार, ३ कार्तिक २०८१
  • रविलाई राति ३ बजे पोखरा पुर्‍याइयो

    रविलाई राति ३ बजे पोखरा पुर्‍याइयो

    497
    Shares
    रविलाई राति ३ बजे पोखरा पुर्‍याइयो

    काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट नियन्त्रण गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई रातिको ३ बजे पोखरा पुर्याइएको छ ।

    प्रहरीले हिजो साँझा रविलाई पार्टी कार्यालयबाट पक्राउ गरेको थियो । प्रहरीले लामिछानेलाई स्थलमार्ग भएर रातारात पोखरा पुर्‍याएको हो ।

    लामिछानेलाई प्रहरीले लैजाँदै गर्दा ठाउँ ठाउँमा उनका समर्थक र रास्वपाका नेता कार्यकर्ताहरूले नाराबाजी र विरोध प्रदर्शन गरेका थिए ।

    सहकारी ठगी प्रकरण र सांगठनिक अपराधको अभियोगमा सरकारले रविलाई प्रकाउ गरेको हो ।

    पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार रविलाई पक्राउ गर्न अनुमति दिएको हो ।

    सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

    रास्वपाका नेता तथा रवि समर्थकहरुले आज शनिबारदेखि थप प्रदर्शनका कार्यक्रमहरू बनाएका छन् । आज काठमाडौको माइतीघर मण्डलमा प्रदर्शन राखिएको छ पोखरामा पनि उनी समर्थकहरुले आन्दोलन गर्दै छन् ।

     

     

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend