logo

२०८१ कार्तिक ३ शनिबार

logo
  • शनिबार, ३ कार्तिक २०८१
  • वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो

    वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो

    70
    Shares
    वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो

    वीरगञ्ज । वीरगञ्जको घडीअर्वा पोखरीमा आसन्न छठपर्वको तयारी थालिएको छ । छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष दिलीप साहले विगतका वर्षमा जस्तै यस वर्ष पनि घडीअर्वा पोखरीमा छठ पूजाको तयारी थालिएको बताए ।

    उनले भने, ‘‘घडीअर्वा पोखरीमा छठको पण्डाल र झिलिमिली र झकिझकाउ सजावटले पनि धेरै दशनार्थीलाई आकर्षित गर्दै आइरहेको छ । पण्डाल र लाइट व्यवस्थापनको जिम्मेवारी दिइसकेका छौँ ।’’

    तराई –मधेशका महिलाले छठ पूजा गर्नाले आफ्नो परिवार र सन्नतीको सुख समृद्धिको कामना गर्दै मनाउने गर्छन । यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक २२ गते कातिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।

    घडीअर्वा स्पोट्र्स क्लबका अध्यक्ष सन्तोषकुमार साहले २०६० सालदेखि घडीअर्वा पोखरीमा छठपूजा मनाउँदै आइरहेको बताए । ‘‘छडपूजा गर्ने दर्शनार्थीलाई सहज र सुलभ ढङ्गले पूजा गर्न सकियोस् भनेर नै व्यवस्थापन गर्न लागिएको हो,’’ उनले भने । छठपूजा व्यवस्थापन समितिका सहसचिव प्रभाकर गुप्ता विगतका वर्षमा भन्दा पनि यो आकर्षक खालका बत्ती र पण्डाल राखिने दाबी गरे ।

    ‘‘छठ पूजाको मुख्य आकर्षण भनेको नै पण्डाल हो । पण्डालमा जति धेरै आर्कषण ल्याउन सकिन्छ । त्यति नै सुन्दर र भव्य देखिनेछ,’’ उनले भने, ‘‘घडीअर्वा पोखरीमा छठको सजावट र डेकोरेसन हेर्नका लागि पनि मुलुकका विभिन्न ठाउँबाट आउने परम्परा जस्तै भइसकेको छ । अब हामीले तेस्रो मुलुकबाट आउने पर्यटकलाई पनि छठको रौनकता देखाउन जरुरी भइसकेको छ ।’’

    सहसचिव गुप्ताले घडीअर्वा पोखरीको सजावट र डेकेरेसनले मुलुकभरका दर्शनार्थीलाई मोहित पार्ने भएकाले पनि यस वर्ष एक लाखभन्दा धेरै दर्शनार्थीले घडीअर्वा पोखरीको अवलोकन गर्ने दाबी गरे ।

    समितिका अध्यक्ष कानुले छठ पूजाको सजावट र व्यवस्थापनको लागि करिव १७ लाख खर्च लाग्ने अनुमान रहेको जानकारी दिए । ‘‘छठपर्वका लागि आवश्यक पर्ने खर्चका व्यवस्थापनको लागि ऐच्छिक रुपमा रु दुई सय ५० को टिकट काट्ने व्यवस्था गरेका छौँ,’’ उनले भने, ‘‘छठ पर्वमा घडिअर्वा पोखरी दर्शन र पूजापाठका लागि भने कुनै शूल्क लाग्ने छैन ।’’

    समितिका अनुसार विगतका वर्षमा जस्तै यो वर्ष पनि घडीअर्वा पोखरीको चारैतर्फ झिलिमिलि बत्ती, पण्डाल र रङ्गीचङ्गी फूलहरुले सजावट गरिनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend