logo

२०८१ कार्तिक ३ शनिबार

logo
  • शनिबार, ३ कार्तिक २०८१
  • रविलाई सिध्याउन सके रास्वपा सिध्याउन सकिन्छ भन्ने कांग्रेस एमालेको मनसाय हो : डिपी अर्याल

    रविलाई सिध्याउन सके रास्वपा सिध्याउन सकिन्छ भन्ने कांग्रेस एमालेको मनसाय हो : डिपी अर्याल

    336
    Shares
    रविलाई सिध्याउन सके रास्वपा सिध्याउन सकिन्छ भन्ने कांग्रेस एमालेको मनसाय हो : डिपी अर्याल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछानेलाई थुन्न पाए रास्वपा सकाइन्थ्यो भन्ने मनसाय कांग्रेस एमालेले राखेको बताएका छन् । सभापति लामिछानेलाई पक्राउ गरेपछि पोखरामा जारी प्रदर्शनको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    रास्वपा २१ सांसदसहित सदन छिरेपछि रोक्ने षड्यन्त्र गरेकै कारणले चितवनमा दुई पटक चुनाव गर्नुपर्ने अवस्था आएको बताए ।

    उनले रास्वपाले थालेको अभियानलाई रोक्न रविमाथि अप्रत्यासित ढंगले पक्राउ गरिरहेको बताए ।

    उपसभापति अर्यालले संसदीय छानविन समितिले सहकारीमा कुनै संलग्नता नदेखाए पनि आगामी चुनावमा आफूहरु सकिने डरको कारणले त्रसिएर दुई तिहाइ सरकारको दम्भ देखाएको बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend