logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीतिहरु ल्याउँदैछौँ : उपप्रधानमन्त्री सिंह

    शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीतिहरु ल्याउँदैछौँ : उपप्रधानमन्त्री सिंह

    420
    Shares
    शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीतिहरु ल्याउँदैछौँ : उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरु ल्याउन जोड दिएको बताएका छन् ।

    आईतबार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

    उनले नीति निर्माणका लागि मन्त्रालय गम्भीर भएर लागेको बताए । उनले शहरी विकास मन्त्रालयले सय दिनमा कुनैपनि उल्लेखनीय काम गर्न नसक्ने भन्दै शुरु भएका कामहरुलाई सम्पन्न गर्नेतर्फ मन्त्रालय अग्रसर रहेको उल्लेख गरे ।

    उनले मन्त्रालयलाई अझ व्यवस्थित गर्नको लागि शहरहरु व्यवस्थित गर्ने काममा आफूहरु लागि परेको बताए । उनले जलवायु परिवर्तनको असर विकराल बन्दै गएकाले शहर र गाउँलाई सुरक्षित गर्ने काममा सरकार गम्भीर भएर लागेको पनि बताए । उनले सरकारले गरेका राम्रा कामहरु सञ्चारमाध्यमहरुले प्रशारण गर्न कन्जुस्याँई गर्न नहुने उल्लेख गरे ।

    उनले भने, ‘अहिले केही भएको छैन, के गरे यिनीहरुले भन्छ तर रिजल्ट देख्नलाई पनि त समय त लाग्दो रहेछ नि त । यो सय दिनमा हामीले त्यस्तो उल्लेखनीय काम नगरेकै हो भनेर म यहाँ भन्न चाहन्छु । तर कुरा के हो भने मन्त्रालयलाई अझ व्यवस्थित गर्नको लागि हामीले शहरहरु व्यवस्थित गर्नको लागि, क्लाइमेटको अहिले त्यत्रो सनसनी भइरहेको छ ।

    यो शहरहरुलाई सेफ गर्नको लागि गर्नुपर्ने कामहरु त्यसको लागि पोलिसीमा जोड दिएर हामी अघि बढ्नुपर्छ भन्नेकुरामा काम गरिरहेका छौँ । शहरी विकास मन्त्रालयबाट सय दिनमा नयाँ घोषणा गरेर सम्पन्न गरेको के हो ? भन्नुभयो भने त्यो गाह्रो हुन्छ । म यहाँ आइसकेपछि पनि मैले यही मन्त्रालयसँग सम्बन्धित प्रेसलाई पनि टाइम टु टाइम मिट गरेर सुझाव मागेका छौँ । जे काम गर्छौं हामी खुला रुपमा गर्न चाहन्छौँ ।

    राम्रा राम्रा काम गरेको बारेमा पनि मिडियाले भन्नुपर्यो । धरहरा केही समयको लागि निःशुल्क खुलाएका छौँ नि । गरेको कुरा त गरेको छ भनेर भन्नुपर्छ नि । मन्त्रालयबाट गर्नुपर्ने पोलिसी मेटर्सहरुमा पनि हामी गम्भीर भएर लागेका छौँ । काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरु ल्याउन जोड दिइरहेका छौँ ।’

    उपप्रधानमन्त्री सिंहले धरहरा निःशुल्क रुपमा चढ्न दिने लगायतका सरकारले गरेका राम्रा कामहरुको प्रचारप्रसार कम भएकोप्रति असन्तुष्टि जनाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend