कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू न्याय प्रक्रियालाई सघाउन आएको बताएका छन् । आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुने क्रममा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले आफूलाई अदालतले न्याय दिने बताए । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले उनलाई जिल्ला अदालत लगेको छ ।
उनले केपी ओली सरकार रहिरहे जनताले धेरै दुख पाउने बताए । उनले यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम भईरहने बताए । यो सरकार नढले सम्म जनता जाग्नुपर्ने लामिछानेले बताए ।