logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • ७५ प्रतिशत एमाले मैले निर्माण गरेको हुँ, आफ्नै बुद्धि कमजोर भएर बाहिर बसेँ : वामदेव गौतम

    ७५ प्रतिशत एमाले मैले निर्माण गरेको हुँ, आफ्नै बुद्धि कमजोर भएर बाहिर बसेँ : वामदेव गौतम

    721
    Shares
    ७५ प्रतिशत एमाले मैले निर्माण गरेको हुँ, आफ्नै बुद्धि कमजोर भएर बाहिर बसेँ : वामदेव गौतम

    काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (एमाले)को ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गरेका छन् ।

    सोमबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक, मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले एमालेको ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गरेका हुन् । उनले आफ्नो बुद्धि कमजोर भएका कारण अहिले एमाले बाहिर बस्नुपरेको पनि बताए ।

    उनले विगतमा चितवनस्थित नारायणघाटमा पहिरो गएपछि दुई महिनासम्म काठमाडौं जोड्ने स्थलमार्ग बन्द गर्न आफुले आग्रह गरेको भएपनि सरकारले नसुनेका कारण पछिल्लो विपद्मा क्षति भोग्नुपरेको बताए ।

    उनले आफूले अध्ययन गरेर पुनः विपद् आउँदैछ भनेर राष्ट्रिय सभा बैठकमै सरकारलाई सजग गराएको भएपनि कुरा नसुनिएको बताए । उनले प्रधानमन्त्रीलाई नेपालको भौगर्भिक अवस्थाको अध्ययन गर्न आग्रह गरे ।

    राष्ट्रिय सभा सदस्य गौतमले सहकारीको रकम भ्रष्टाचार गर्नेहरुलाई निर्मम तरिकाले कारबाही गर्नुपर्ने बताए । उनले सहकारीको रकम दुरुपयोग भइरहेकाले अब सहकारीहरुलाई नै बन्द गर्नुपर्ने धारणा राखे ।

    उनले भने – ‘नेपाली समाजवादको एउटा रुप हो सहकारी भनेको सहकारीले हामीलाई समाप्त गर्यो । जहाँसुकै भ्रष्टाचार । सहकारी भ्रष्टाचार गर्ने व्यक्तिहरुलाई निर्मम तरिकाले कारबाही गर्नुपर्छ । कानुन लागु हुनुपर्छ । क–कसले गरेका छन् कोही पनि बाँकी नराखेर अब समाप्त गर्नुपर्छ । सहकारी लागु नै गर्नुहुन्न अब । त्यो बन्द गरिदिनु पर्छ । सहकारीमा दुरुपयोग भइरहेको छ ।’

    उनले जमिन राज्यको मातहतमा नआएसम्म विकास हुन नसक्ने भन्दै नेपालको सम्पूर्ण जमिन राज्यको मातहतमा ल्याउनुपर्ने बताए । उनले क्षतिपूर्ति दिएर जमिन राष्ट्रियकरण गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend