logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न आवश्यक : प्रधानमन्त्री ओली

    जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न आवश्यक : प्रधानमन्त्री ओली

    336
    Shares
    जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न आवश्यक : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न आवश्यक भएको बताएका छन् । बिहीबार काठमाडौंमा संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले हिमनदीहरु पग्लिनु, अप्रत्याशित मनसुन परिवर्तन हुनु र प्राकृतिक प्रकोपहरूमा वृद्धि हुँदा नेपालले ठूलो जनधनको क्षति भएको बताए । नेपालमा हालै आएको विपद्ले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै नेपालजस्ता जलवायु परिवर्तनको कारण समस्यामा रहेका देशहरुलाई आर्थिक सहयोग गर्नुपर्ने बताए ।

    मानवजातिको साझा खतरा विरुद्ध सामुहिक रूपमा लड्ने बेला भएको उनले बताए । उनले जलवायु विपद्सँग लड्न नेपाल आफ्नो भुमिका खेल्न तयार रहेको भन्दै जलवायु लचिलोपन र दिगोपनलाई प्राथमिकता दिने विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न तयार रहेको बताए ।

    उनले नेपाल संयुक्त राष्ट्र संघका सिद्धान्तप्रति आफ्नो प्रतिवद्धतामा अडिग रहेको बताए । शान्ति, सुरक्षा, दिगो विकास र वातावरण संरक्षण प्रवद्र्धन गर्न विश्वव्यापी प्रयासहरूलाई समर्थन गर्न नेपाल प्रतिवद्ध रहेको बताए ।

    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र महासभाले जलवायु परिवर्तन, जैविक विविधताको हानि र वातावरणीय ह्रासका बढ्दो प्रभावहरूलाई प्राथमिकता दिनेमा विश्वस्त रहेको बताए । नेपालजस्ता देशहरूले विश्वव्यापी कार्बन उत्सर्जनमा न्युन योगदान दिए पनि असमान रूपमा प्रभावित भएको बताए ।

    उनले नेपालको परराष्ट्र नीतिको एक अंगको रूपमा, सधैँ शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताको लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्तहरू पालना भइरहेको अवगत गराउँदै दुई ठूला छिमेकीहरूको बीचमा रहेको नेपालले ‘सबैसँग मित्रता र कसैसँग शत्रुता’ को नीति कायम राख्ने स्थितिमा रहेको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend