काठमाडौं । वाराका सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा नयाँ वाल टायल कारखाना सञ्चालनमा आउने भएको छ । नेपोभिट सेरामिक प्राइभेट लिमिटेडले ८४ करोड ३७ लाख रुपैयाँ लगानीमा वाल टायल उत्पादन गर्न लागेको हो । जसअनुसार ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) लगानी रहेको छ ।
६३ करोड २८ लाख रुपैयाँ बैंकबाट ऋण र २१ करोड इक्विटी लगानी हुने भएको छ । अहिलेसम्म ५० प्रतिशत इक्विटी र ३० प्रतिशत ऋण खर्च भइसकेको छ । नेपोभिटले ८१ करोड २२ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । उद्योगले वार्षिक २८ लाख ५० हजार बक्स तथा २ करोड ४६ लाख स्वायर फिट वाल टायल उत्पादन हुने नेपोभिट सेरामिकले जनाएको छ । अहिले उद्योगमा टायल उत्पादन गर्न पूर्वाधार निर्माण काम भइरहेको छ ।
एसियन ग्रेनिटो इन्डिया लिमिटेडले उद्योगमा लगानी गरेको छ । यो कम्पनी भारतको सबैभन्दा ठूलो समूह मध्ये एक हो । यो एक सय भन्दा बढी देशहरूमा रहेको छ । नेपोभिटले एजिआईएलसँग निर्माण र लाइसेन्स सम्झौता गर्ने प्रक्रियामा रहेको जनाएको छ । ‘एजिएल’ ट्रेडमार्क अन्तर्गत वाल टाइल्स, सेनेटरी वेयर र सिपी फिटिङ्सको उत्पादन हुने भएको छ ।
ब्राण्ड लाइसेन्स सम्झौता अनुसार एजिएल जस्ता प्रतिष्ठित ब्रान्ड नामसँग सम्बद्ध हुनाले नेपोभिटलाई मार्केटिङ सहायता र पहिले नै व्यापक ब्रान्ड पहिचानको थप लाभ हुनेछ । जसले यसको व्यवसायको लागि राम्रो संकेत गर्दछ । नेपोभिटले भारतबाट कच्चा वस्तु आयात गरेर टायललगायत अन्य सेनेटरी उत्पादन गर्ने छ ।
नेपालमा उत्पादन भएको वाल टायल भारतमा पनि निर्यात हुने उद्योगले जनाएको छ । नेपाल–भारत सीमा नजिक भएकाले ढुवानी लागत कम पर्न गई उद्योगलाई लाभ हुने संभावना छ ।
मुलुकमा सेरामिक भित्ता टाइल उत्पादनहरूको माग निकट भविष्यमा झनै बढ्ने अपेक्षा गरिएको छ । नेपाली समाजले भवन निर्माणका लागि आधुनिक प्रविधिलाई एकीकृत गर्दैछ । पक्की भवन बनिरहेका छन् । नेपालमा निर्माण भएका पुराना माटोका घरहरू प्रतिस्थापन भइरहेका छन् ।
प्रत्येक वर्ष ठूलो संख्यामा पक्कि घर तथा ठूला भवनहरु बनिरहेका छन् । पक्कि घरलाई भित्ता टाइलहरू आवश्यक पर्दछ । उद्योगको अध्यक्षमा शम्भुनाथ झा रहेका छन् । उनको व्यवसायमा साढे दुई दशकको अनुभव रहेको छ ।
शम्भुनाथ झाको अध्यक्षतामा चार सञ्चालक समिति। झासँग २५ वर्षभन्दा बढीको अनुभव छ । फिटिङ वस्तु, हार्डवेयर, सेनेटरी, बाथरूम, प्लम्बिङ र फिनिसिङका सामानहरू आयात र व्यापार निर्माण उद्योगमा २५ वर्षको अनुभव जसले कम्पनीको समग्र व्यापार सम्भावनाहरूको लागि राम्रो संकेत गर्दछ ।
यस्तै मयुर फौसेट्स प्राइभेट लिमिटेडमा कार्यकारी अध्यक्षको रूपमा पनि संलग्न थिए । उनी नेपाल सिरेमिक इन्डस्ट्रिजका निर्देशक हुन् । यसैगरी मनोजप्रसाद रौनियार, निर्देशक, आयात र व्यापारमा एक दशक भन्दा बढी अनुभव छ ।
फल्स टाइल्स, हार्डवेयर, सेनेटरी, बाथरूम, प्लम्बिङका साथै नेपाल हिल टेकमा पनि व्यस्त छन् । हिमाल इम्पेक्स चितवन निर्देशक हुन् । उनी नेपाल स्टोनेक्स प्राइभेट लिमिटेडका अध्यक्ष पनि हुन् ।
नेपोभिट सेरामिक्स गत वर्ष सन् २०२३ मा स्थापना भएको हो ।