logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सबै स्थानीय तहलाई समेटेर योजना नबनाएसम्म जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सकिँदैन : अध्यक्ष ढुंगाना

    सबै स्थानीय तहलाई समेटेर योजना नबनाएसम्म जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सकिँदैन : अध्यक्ष ढुंगाना

    315
    Shares

    काठमाडौं । नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानाले स्थानीय तहलाई समेटेर योजनाहरु बनाएमात्रै जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्न सकिने बताएका छन् ।

    शनिबार काठमाडौंमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले यस्तो बताएका हुन् ।

    उनले ७५३ वटै सरकारमा पुग्न नसकेसम्म जतिसुकै राम्रो योजना बनाए पनि जलवायु परिवर्तनका असर न्युनिकरण गर्न नसकिने बताए । उनले जलवायु परिवर्तनको असर सबैभन्दा बढी दूर दराजमा रहेका नागरिकहरुले भोगिरहेको बताए । उनले लापाको एउटा विषयमात्रै समेटेर सबै स्थानीय तहमा भएका जलवायु परिवर्तनका मुद्दा समेटिन नसकिने गुनासो गरे ।

    उनले भने, ‘हामीले जतिसुकै यहाँ कुरा गरेपनि, जस्तोसुकै राम्रो प्रतिवेदन तयार गरेपनि हामी जबसम्म तल पुग्न सक्दैनौँ, ७५३ वटै सरकारमा पुग्न सक्दैनौँ तबसम्म कार्यक्रमहरु सफल हुन सक्दैनन् । सबैभन्दा बढी मार कसले खेपेको छ ? दूर दराजमा बस्ने, गाउँमा बस्ने जनताले खेपिरहेका छन् भने मैले प्रतिप्रश्न गर्न खोजेको होइन, लापाको एउटा हरफ देखाएपछि स्थानीय सरकारमा पुग्छ त ? त्यो भन्दा बाहेक के देखिएको छ ? त्यतातिर सोच्नका निमित्त आग्रह गर्दछु । तलबाट नगरी माथि राम्रो हुँदैन ।’

    शासकको रुपमा नभइ सेवकको रुपमा नसोचेसम्म जलवायु परिवर्तनलाई न्युनिकरण गर्न अफ्ठ्यारो हुने बताए । जलवायु वित्त नेपालले माग्ने नभइ अधिकारको रुपमा ल्याउनुपर्ने बताए । उनले वातावरणमैत्री स्थानीय सरकार बनाउनुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend