logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन् : प्रधानमन्त्री ओली

    एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन् : प्रधानमन्त्री ओली

    420
    Shares
    एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन् : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसले लोकतन्त्र मर्न नदिने बताएका छन् ।

    शनिबार काठमाडौंमा कोप-२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले यस्तो बताएका हुन् ।

    उनले अहिलेको सरकार नेकपा एमाले, नेपाली कांग्रेस मिलेर बनाएको उल्लेख गर्दै कांग्रेस र एमाले नेपालको राजनीतिक, सामाजिक इतिहास परिवर्तनका कुरामा अग्रणी रहेको बताए । प्रधानमन्त्री ओलीले सामाजिक र राजनीतिक परिवर्तनमा एमाले र कांग्रेसले असाधारण योगदान गरेको बताए । उनले लोकतन्त्र देश र जनताका लागि सर्वोत्तम व्यवस्था भएको दाबी गरे । उनले राजनीतिक दल नहुँदासम्म जनता नेसन भइसकेको नहुने बताए ।

    उनले भने, ‘अहिलेको सरकार नेकपा एमाले, नेपाली काँग्रेस यि दुई वटा नेपालको राजनीतिक, सामाजिक, यस इतिहासमा परिवर्तनका कुराहरुमा, योगदानका कुराहरुमा र परिवर्तन साकार पार्नका लागि लड्ने कुराहरुमा यि पार्टीहरु सदैव अग्रणी रहेका हुन् र यिनले असाधारण योगदान पनि गरेका छन् । यिनको प्रतिवद्धता छ । यि पार्टीले डेमोक्रेसी मर्न दिँदैनन् ।

    डेमोक्रेसी, देश, जनताका लागि काम गर्ने सर्वोत्तम व्यवस्था हो । मानव जातीले सामाजिक सुप्रवन्धका लागि विकास गरेका दुई वटा कुरा हुन् । सामाजिक सुप्रवन्धका लागि पहिलो विकास मानवले पोलिटिक्स गरेको हो । त्यसले मात्रै पनि चलेन, अनि त्यहाँ विकास भए पोलिटिकल पार्टीज । राष्ट्रियता एउटा हुन्छ भन्ने पार्ने पोल्टिकल पार्टीले हो । पोल्टिकल पार्टी नहुँदासम्म बन्दुकले बाँधेका जनता नेसन भइसकेका हुँदैनन् ।’

    प्रधानमन्त्री ओलीले वन क्षेत्रलाई सरकारले ४० प्रतिशत भन्दा तल झर्न नदिने प्रतिवद्धता जनाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend